चुनावी नारा बनेको पोखरा सभागृह भताभुङ, योजना बन्यो तर स्तरोन्नतिको काम शुन्य

0
Shares

विजय नेपाली, पोखरा ।
प्रत्येक दिन जसो पोखरा सभागृहमा कार्यक्रमहरु हुने गर्छन । सभागृहमा हुने कार्यक्रमहरु निश्चिय नै सामान्य हुदैनन् । कार्यक्रमको लागि कहि कतै बाट निमन्त्रणा आउदा जो कोहि पनि सिगारिएर नै जान्छन चाहे पुरुष होस या महिला । जब सभागृह भित्र छिरेर कुर्सीमा बस्न खोज्छन तब सबैले नाक खुम्च्याउन सुरु गर्छन । पोखरालाइ स्मार्ट सिटि बनाउने परिकल्पना चलीरहदा पोखरा सभागृहको भद्रगोलअवस्थाले स्मार्ट सिटिको कुरा त परैको कुरा महानगरकै विकासलाइ समेत गिज्याइ रहेको देखिन्छ प्रत्येक वर्ष लाखौ रकम आम्दानी गर्ने सभागृहको मर्मत सम्भार हुनुको कता हो कता ठुला ठुला भाषणमा सुनिन्न्छन ।
सभागृहको सिसाहरु फुटेका छन, सजावटका लागि प्रयोग गरिएको काठहरु भाँचिएका छन् । भित्ता र छेउकुनाभरि माकुराको जालैजालो छ, बस्न लायक कुर्ची भेट्न मेहेनत नै गर्नुपर्छ । कि कुर्ची भाँच्चिएका छन, कि छँदै छैनन् ।

सभागृह मर्मतका लागि पोखरा महानगरपालिकाको पहिलो नगर सभाले १ करोड रुपैयाँ बजेट छुट्याएको छ । हरेक समय सभागृह निर्माण गर्ने बताउने महानगर अहिले सम्म पनि समाभागृह संरक्षणको लागि योजना अगाडि बढाउने सुरसारमा छैन ।

सभागृहका बत्तीहरु बिग्रेको र स्टेजमा प्रयोग हुने साउन्ड सिस्टमले काम गदैनन । सभागृहको शौचालयमा पानी हुँदैन । दुर्गन्ध यस्तो छ कि जो कोही भित्रै पस्न सक्दैन । तर पोखरा महानगरपालिका लेखिएको ठुला ठुला नयाँ व्यानर भने बाहिरबाट नै देखिन्छ । पोखरालाइ स्मार्ट सिटि बनाउने अवधारणा ल्याइए पनि महानगरकै कार्यक्रम समेत हुदा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम समेत हुने सभाहलको अवस्था भने निकै जिर्ण छ ।

हालै फागुन ९ र १० गते नेपाल पत्रकार महासंघको साधारणसभा तथा विधान अधिवेशन समपन्न भयो जहाँ देशभरका पत्रकारको उपस्थिति भएका थिए । जहाँ नाम दर्ता गराउनेको भिड उस्तै थियो । भित्र उदघाटन सत्र चलिरहदा बाहिर भने आयोजक पत्रकार महासंघ कास्कीका पत्रकारहरुले मोबाइलकै लाइट बालेर नाम दर्ता गराइ रहेका थिए । त्यो भन्दा ओएहि समय अगाडि महानगरकै हिउदे योजना सार्वजानिक समेत त्यही हल भयो । जुन हलकै मर्मत हुन सकेको छैन त्यही हलबाट महानगरले विकासको कार्यक्रम सार्वजानिक गर्छन । यसले समेत प्रष्ट पार्छ कि महानगरले सभागृह बाट लाखौ आम्दानी गरेपनी त्यसको संरक्षण र निर्माणमा कुनै चासो देखाएको छैन ।

धेरैलाई पायक पर्ने र अर्को धेरै सहभागी अटाउने यसका विशेषताले आयोजकहरु पोखरा सभागृह हलमा लोभिन्छन् । तर जब कार्यक्रम गर्छन आयोजकको टाउको दुख्छ ।

सभागृहको क्षमता १ हजार ३ सय अटाउने हो । लगभग ५ सय कुर्ची भाँचिएका छन् । अन्य ४ सय जति कुर्ची टुटफुट भएर बस्न नमिल्ने भएका छन् । विभिन्न संघ, संस्था वा नगरपालिकाले नै पनि हलमा भाँचिएका कुर्चीमा प्लाटिकको कुर्चीहरु राखेर कार्यक्रम अवधिभर काम चलाइँदै आएको छ ।

महानगरको पहिलो बजेट सार्वजनिक कार्यक्रम सभागृहमा हुन सकेन, नगर विकास प्रशिक्षण केन्द्र नदीपुरमा भयो । सभागृह गतिलो नभएकैले कार्यक्रम त्यहाँ नभएको हो । मेयर मानबहादुर जिसीले अर्को वर्ष बजेट, नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रम सभागृहमै गरे त्यो बेला पनि आलटाल गरि कार्यक्रम सफल पारियो ।

पोखरा उपत्यका नगर विकास समितिको १६ रोपनी जग्गामा २०४५ सालमा तत्कालीन पोखरा नगर पञ्चायतले सभागृह निर्माण गरेको थियो । निर्माण गर्न भने चीन सरकारले सघाएको हो । जग्गाधनी नगर विकास समिति भए पनि सञ्चालन महानगरले नै गर्दै आएको छ ।

सभागृह मर्मतका लागि पोखरा महानगरपालिकाको पहिलो नगर सभाले १ करोड रुपैयाँ बजेट छुट्याएको छ । हरेक समय सभागृह निर्माण गर्ने बताउने महानगर अहिले सम्म पनि समाभागृह संरक्षणको लागि योजना अगाडि बढाउने सुरसारमा छैन ।

२०४५ सालमा सभागृह हल बगैंचा सरसफाइ, संरक्षण र चौकीदारका लागि मात्र १३ जना कर्मचारी राखिएको थियो । अहिले जम्मा २ जना कर्मचारी छन् । २ जना कर्मचारीले कहिले महानगरपालिकाको कार्यालयमा त कहिले सभागृह हलमा सरसफाइ गर्छन् ।

महानगरपालिकाको कर शाखाले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२र७३ मा ६ लाख ७० हजार, ७३र७४ मा ७ लाख र ७४र७५ माघ सम्ममा ७ लाख ४३ हजार सभागृहबाट आम्दानी भएको छ । पोखरा सपोखराको स्तरोन्नति भने योजनामा मात्र सिमित देखिन्छ ।