महाकाली अञ्चल अस्पतालको काम होइन् नाम बदल्ने तिकडम, २७ जनाको दरबन्दीमा ४ डाक्टर

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।

कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा दरवन्दी अनुसार डाक्टर नहुँदा सेवा प्रभावकारी बन्न सकेको छैन् । तर यसै समयमा स्थानीय स्तर देखि प्रदेश सरकार सम्म अञ्चल अस्पतालको नाम परिवर्तन गर्ने झ्याङ फैलिएको छ । अञ्चल अस्पतालको सेवा अभैm प्रभावकारी बनाउँने भन्दा पनि नामलाई कसरि परिवर्तन गन सकिन्छ भन्ने तर्फ ध्यान दिइएको देखिन्छ ।

महाकाली अञ्चल अस्पतालमा २७ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ । तर अहिले अञ्चल अस्पताल ४ जना डाक्टरका भरमा चलीरहेको छ । हाल सम्मकै रेकर्ड हेर्दा ७ जना विषेशज्ञ डाक्टर भन्दा बढि कहिल्यै नआएको देखिन्छ । पछिल्लो समयमा अस्पताल भित्र आईसीयू सेवाका लागि उपकरण जडान गरेको पछि तिन बर्ष बिती सकेको छ । दरबन्दी अनुसार डाक्टर ल्याउन नसक्दा यी आईसीयू, एनआइसीयू लगायतका सेवाहरु ठप्प रहेका छन् ।

जडान गरिएका उपकरणहरुमा खिया लागेर बिग्रिने अवस्थामा पुगेका छन् । यसै अवस्थामा अस्पतालको नाम फेरेर अर्कै(भीमदत्त अस्पताल) राख्ने तर्फ नेताहरुको चाँसो बढेको पाइएको छ । नाम होइन, होइन काम परिवर्तन गर्नुपर्ने स्थानीयहरुको गुनासो रहेको छ ।

महाकाली अञ्चल अस्पताल बनाउने जिम्मा हामीहरुकै हो। पुर्वका जिल्ला झापा, मोरङ तथा धनुषाबाट आएर कसैले पनि हाम्रा लागि अस्पतालको विकास तथा सुधार गरिदिने होइनन् । हामी आफैले जुट्नु पर्छ । नाम बदल्नु भन्दा सेवा–सुविधा तथा दरबन्दी अनुसारका डाक्टरमा ध्यान दिनु अति आवश्यक छ ।

महाकाली अञ्चल अस्पतालमा डाक्टरहरु आउँछन् तर धेरै समय बस्नैँ चाहँदैनन् । अझ कतिपय डाक्टर त राजनैतिक पहुँचकै आधारमा दरबन्दी यता भए पनि आफु राजधानी वा ठूला शहरतिर नै बस्ने गर्दछन् ।

अस्पतालमा विशेषज्ञ चिकित्सकको चरम अभावबारे अस्पतालको उत्थान तथा विकासमा लागिपरेका समाजसेवी एवं जिल्ला विकास समितिका पुर्व उपसभापति राजेन्द्र रावल भन्छन्, ‘चिकित्सकहरुका लागी प्राइभेट प्य्राक्टिस गर्ने ठाउँको अभाव हुनु, नजिकै सीमापारिका अस्पतालको बिगबिगी र अत्यधिक प्रचारवाजी हुनु डाक्टर अभावको कारण हो ।

सदरमुकाम बाहेक झापा, मोरङ, दाङ जस्ता सुगम ठाउँहरु पनि दुर्गममा पारिएका छन् भने कञ्चनपुर जिल्ला सुगममा पारिएको छ । चिकित्सकहरुको स्तर वृद्धि, बढुवा प्रक्रियालगायतका सम्पूर्ण वृत्तिविकासका लागि दुर्गम जिल्लामा बढी अंक पाइने तथा कञ्चनपुर बसेवापत कम अंक पाइने र यसले चिकित्सकहरुको स्तर वृद्धिमा समस्या देखिनु पनि अञ्चल अस्पतालमा डाक्टर नटिक्नुको अर्को कारण हो’ ।

अस्पतालले विशेषज्ञ सेवा उपलब्ध गराउन आवश्यक पर्ने सबै सामग्रीहरु ल्याइसकेको छ । सामाग्री आइसकेका छन, काम गर्ने नर्सहरु पनि पर्याप्त छन् । तर, अस्पतालमा एउटा पनि विशेषज्ञ चिकित्सक नहुँदा नर्सहरु फुर्स्दिला भएका छन् । त्यसकारण अब सरकारले दरबन्दी अनुसारका डाक्टरहरु पठाउनुपर्छ र अस्पतालले विशेषज्ञ सेवा जतिसक्दो चाँडो सुरु गर्नुपर्छ ।

सीमापारि भारतीय अस्पतालहरुको विज्ञापनवाजी हटाई स्वदेशी अस्पतालमा जनविश्वास बढाउने काम गरिनुपर्दछ । डडेलधुरा कञ्चनपुर जोड्ने सबैभन्दा छोटो मार्ग जोगबुढा(दैजी सडक चाँडोभन्दा चाँडो खोलिनुपर्छ, ताकि त्यहाँका जनताले समेत अञ्चल अस्पतालको सेवा लिन सहज र सरल होस् । यसो गर्न सकियो भने एकातिर जनताले आफ्नै देशमा गुणस्तरीय स्वास्थ्य सेवा लिन पाउँछन भने अर्का्तिर भारतीय अस्पतालमा ठगिनबाट जोगिन्छन् ।