खुकुरी देखाई लुटपाट गर्न खोज्ने २ जना पक्राउ

0
Shares

भक्तपुर,
खुकुरी देखाई लुटपाट गर्न खोजेको अवस्थामा भक्तपुर गोठाले बस्ने २१ वर्षीय बिपिन थापा र काभ्रे घर भएका २३ वर्षीय विवेक गौतमलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका–९ लिवालीस्थित बा.५ ख ४००६ नम्बरको बसका सहचालक च्यामसिंह बस्ने २० वर्षीय दिपेश गिरी र सिन्धुपाल्चोक घर भएका १९ वर्षीय प्रकाश गिरीलाई खुकुरी देखाई लुटपाट गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त जगातीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई खुकुरी १ थान र विभिन्न कम्पनीका मोवाइल ९ थान सहित फेला पारी पक्राउ गरेको हो ।