काकालाई बन्चरो प्रहार गरेको अभियोगमा पक्राउ  

0
Shares

 कञ्चनपुर,

आफ्नै काका नाता पर्ने ६० वर्षीय गोरे लुहारलाई बन्चरो प्रहार गरेको अभियोगमा भीमदत्त नगरपालिका-१३ बडैपुर बस्ने ५० वर्षीय शिवे लुहारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी झोलुङ्गेबाट खटिएको प्रहरीले  शिवेलाई पक्राउ गरेको हो । बन्चरो प्रहारबाट घाइते भएका गोरे लुहारलाई उपचारको लागि अंचल अस्पताल महाकाली लगिएकोमा थप उपचारको लागि भारतको खति रिफर गरिएको छ ।