डोटीको सेती नदिमा र्याफ्टिङ गर्नेको दिनहुँ भिड लाग्दै

0
Shares

विमल विष्ट, डोटी ।
डोटी जिल्लाको दिपायलमा रहेको सेती नदिमा हिजो आँज दिनुहँु ¥याप्टीङ्ग गर्नेहरुको भिड लाग्ने गरेको छ । व्यापरीहरुको सँस्था चेम्वर अफ कमर्सले डोटीको दिपायलमा फागुन १७ गतेबाट सुरु गरेको प्रदेशिक महोत्सबको आकर्षणको रुपमा रहेको सेती नदिमा र्याप्टीङ्ग गर्न दिनहुँ स्थानिय तथा पर्यटकहरुको भिड लाग्ने गरेको छ ।

शिखर नगरपालिकाको भागेश्वर मन्दीर देखी दिपायलमा रहेको पुरानो झोलुँगो पुल सम्म करिब डेढ घण्टा सेती नदिमा जलयात्रा गरि रमाउनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गई रहेको छ । ¥याप्टीङ्ग गर्न चहानेहरुका लागि आयोजकले प्रतिव्यक्ति रु ५०० रुपैयाँ टिकट दर तोकेको छ ।

पहिलो दिन ¥याप्टीङ्ग सञ्चालन नगरिएको भए पनि दोस्रो दिन देखी सञ्चालनमा आएको ¥याप्टीङ्ग दिनहुँ यात्रुहरुको चाप बढ्न थालेको चेम्वर अफ कमर्सका सचिब तेजबहादुर डुम्रेलले बताउनु भयो । उहाँले भन्नुभयो, “अहिले मौषमपनि राम्रो भएकाले ¥याप्टीङ्ग गर्नेको सँख्या दिनहुँ बढीरहेको छ ।”

सेती नदिमा ¥याप्टीङ्ग गर्दा नदिका तिरमा रहेका मनोहक दृष्यहरु ऋवलोकन गर्न पाईनुका साथै सेती नदिमा माछाहरु खेली रहेको दृष्यहरुको अबलोकन गर्न पाईन्छ भने नदि क्षेत्रमा बस्ने चराको बासस्थानमा पुग्दा छुट्टै खालको आनन्द आउने जलयात्रु आषिस जोशीले बताउनु भयो ।

¥याप्टीङ्गका लागि दिपायलमा रहेको होटल वर्षा, रिभरसाईड, होटल घटालमा टिकट पाईनुका साथै आयोजकको ¥याप्टीङ्ग सञ्चालन व्यवस्थापन काउण्टरबाट पनि टिकट पाउने आयोजक सँस्थाका सदस्य रामवहादुर विष्टले जानकारी दिनु भयो ।