राजदुत ढकाललाई गृह नगरमा भब्य स्वागत

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

संयुक्त अरब इमिरेट्सका लागि राजदुतमा नियुक्ति भएका मण्डन देउपुर नगरपालिका वडा नम्वर १ निवासी कृष्णप्रसाद ढकाललाई मण्डन देउपुर नगरपालिकाले एक कार्यक्रमका बीच बधाई तथा शुभकामना दिएको छ ।

नगरपालिकाको तर्फबाट बधाई तथा शुभकामना ब्यक्त गर्दै नगर प्रमुख टोकबहादुर वाईवाले ढकालको कार्यकालमा नेपाल र नेपालीहरुको समृद्ध तथा दुई देश बीचको सम्वन्ध सँगै लगानी र नेपालका उत्पादनहरुको निर्यातमा ढकालले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताएका थिए ।

जिल्लाबासी र नगरबासिहरुको गौरव भएको बताउँदै नगर प्रमुख टोकबहादुर वाईवाले मण्डन क्षेत्रको विकास र समृद्धका लागि राजदुतमा नियुक्ति भएका ढकालको योगदान अविश्मरणीय हुने बताए ।

कार्यक्रममा राजदुत ढकालले इमान्दार भएर कर्तब्य पुरा गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । ५ लाख भन्दा धेरै नेपालीहरु उक्त देशमा गए पनि ३ लाख कार्यरत रहेको तथ्याङ्क प्रस्तुत गर्दै ढकालले श्रमका लागि नेपालीहरु विदेश जाने युयई चौथो मुलुक भएको बताए ।

नेपालमा उक्त देशबाट बार्षिक एक सय अरब रेमिट्यान्स भित्रने गरेको छ । नेपालीहरुले सबै भन्दा राम्रो तलब पाउने मुलुक पनि त्यहि हो । रोजगारमा जाने नेपालीहरुको सुख सदुखमा साथ दिने बताउँदै राजदुत ढकालले आत्मिय ढंगले जिम्मेवारी बहन गरी सेवा गर्न कोशिस गर्ने बताए । दुई मुलकको सम्वन्ध थप मजबुत बनाउँदै समन्वय मार्फत लगानी बृद्धी गराउन, नेपालको उत्पादनहरुलाई निर्यात गर्न तथा पर्यटन लगायतका क्षेत्रमा आर्कषण गर्न भूमिका खेल्ने बताए । युयईले ५ अर्ब बराबरको लगानी गर्ने प्रतिवद्धतामा २ अर्ब लगानी गरिसकेको छ ।

२०५९ सालमा अधिकृत तहको सेवाबाट प्रशासनमा प्रवेश गरेका ढकाल २०६७ सालमा प्रशासनमै उप सचिव भएका थिए । २ वर्ष प्रशासनमा उप सचिव भएका ढकालले १४ वर्ष पछि परराष्ट्रमा भएको खुल्ला प्रतिस्पर्धामा थुप्रै उप सचिवहरुलाई पछि पार्दै एक्लो सह सचिवका रुपमा उनले आफुलाई उभ्याएका थिए । राजदुत हुनेमा उनी कम उमेरका एक्ला हुन् ।

४० वर्षिय राजदुत ढकालले दुख नगरी सुख हुन नसक्ने बताए । बधाई तथा शुभकामना कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन अधिकारीले राजदुत ढकाल युवाहरुका लागि प्रेरणाका श्रोत हुने बताए भने ढकालको क्षमताले मुलुकले नयाँ कुरा हासिल गर्न सक्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले मुलुक र जनताको हितका लागि काम गर्न सुझाव दिए । ढकाललाई बधाई तथा शुभकामना दिन मण्डन देउपुर नगरपालिकाका वडा अध्यक्षहरु, पत्रकारहरु तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।