काठमाण्डौं मल ब्यापार संघको साधारण सभाः व्यवसायीक वातावरण नभए सम्म आन्दोलन

0
Shares

काठमाण्डौं– काठमाण्डौं मलका व्यवसायीले मलमा व्यवसायीक वातावरण नभए सम्म आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

काठमाण्डौं मल व्यपार संघको साधरण सभामा काठमाण्डौंमलका व्यवसायिहरुले भोक हडताल गर्ने बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले महासंघ सधै व्यवसायीको पक्षमा भएकाले काठमाण्डौं मलका व्यवसायीको पक्षमा भएको बताएका छन् ।

महासंघले साना व्यवसायीलाई परेको समस्याको विषयमा निरन्तर आवाज उठाएको भन्दै व्यवसायीले काम गरेर खाने अधिकारको लाग आफु सधै लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । व्यवसायी एकताबद्ध भए मात्र आफ्नो समस्या समाधान गर्न सकिने बताएका छन् ।

अध्यक्ष श्रेष्ठले व्यवसायीले ढुक्क संग व्यवसाय गर्न वातावरण नभएको भन्दै सरकारलाई बाहाल सम्बन्धी स्पष्ट कानुन बनाउन अग्रह गरेका छन् ।

आज बस भन्ने भोली उठेर जा भन्दा व्यवसायीक वातावरण कसरी भयो भन्ने प्रश्न गर्दै समृद्ध नेपाल कुनै आसे पासेको लागि मात्र नभएर सबैको लागि हुनु पर्ने बताएका छन् ।

सम्झौता अनुसार बाहाल तिरेर बसेको व्यवसयीलाई सञ्चयकोषले त्यसै उठाउन नमिल्लने बताएका छन् ।
कार्यक्रममा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेस कटुवालले काठमाण्डौं मलमा व्यवसायी माथी कुटनितिक अत्यचार भएको बताएका छन् ।

सरकारको आफ्नै व्यवसायीक भवनमा व्यवसायीक वातावरण छैन भने कसलाई विश्वास गर्ने भन्दै प्रश्न गरेका छन् ।

अध्यक्ष कटुवालले व्यवसायीलाई ढुक्क संग व्यवसाय गर्ने वातावरण नबनाए काठमाण्डौं मल सहित राष्ट्रिय व्यवसायी महासंघ सडक सघर्ष गर्ने चेतावनी दिएका छन् । सरकारले साना व्यवसायीलाई हेप्ने गरेको भन्दै समृद्ध नेपालको लागि सबैलाई समेट्नु पर्ने बताएका छन् ।

यदि सरकारले व्यवसायाई विस्थापित गरिहाले पनि क्षतिपुति दिनु पर्ने उनले बताए ।

काठमाण्डौं मल व्यपार संघका अध्यक्ष सुष्मा महराले सञ्चयकोषले काठमाण्डौं मलमा टेन्डर मार्फत बोलाएर अत्यचार गरेको बताएकी छन ।
सञ्चयकोषले काठमाण्डौं मलको विषयमा कुनै पनि निर्णय गर्दा व्यवसायी संग सिधै संवाद गर्न भनेकी छन् ।

काठमाण्डौं मलमा कुनै राम्रो सुविधा नभएको भन्दै राम्रो वातावरण बनाउन आग्रह गरेकी छन् ।

काठमाण्डौं मलमा इलेक्टीक भ¥याङ, लिफ्ट, सौचालयमा समस्या रहेको छ । हालै सञ्चयकोषले व्यवसायीक वातावरण बनाउन छाडेर पहिला टहराका व्यपारीलाई हटाउने र विस्तारै मलनै खाली गर्ने रणनीति लिएको बताएकी छन् ।

उपभोत्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले वर्षौ देखी आएका व्यवसायीलाई कसैले त्यसै हटाउन नमिल्ने बताएका छन् ।

नेपालमा केहि व्यवसायी सरकारी संरचनामा विना बाहाल वर्षौ व्यवसाय गर्दै आएको भन्दै वाहाल तिरेर व्यवसाय गर्दै आएकालाई त्यसै हटाउन खोजे व्यवसायीलाई चुप लागेर नबस्न आग्रह गरेका छन् । व्यवसायी संगठित भए कसैले दवाउन नसक्ने बताएका छन् । उपभोक्त मञ्च सामाजिक न्यायको लागि लडेको भन्दै व्यवसायीलाई दलाली प्रथाबाट मुक्त हुन भनेका छन् ।

नेपाल प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले समृद्ध नेपाल सुखी नेपालीको सपना तव मात्र पुरा हुन्छ जब व्यवसायीक वातावण निमार्ण हुन्छ । उनले नेपालको प्रेस जगत निरन्तर व्यवसायीक वातावरण निमार्ण गर्न लागि परेको बताएका छन् ।

काठमाण्डौं मल व्यपास संघका सल्लाहकार उज्जल जंग शाहाले व्यवसायी कसैको गुलाम नभएको भन्दै व्यवसायी एक भएर आफ्नो हकको लागि लड्ने बताएका छन् । ४ अर्व लगानी भएको मलमा सञ्चसकोषले व्यवसायीलाई हटाउन नसक्ने बताएका छन् ।

कार्यक्रममा नेपाल राष्ट्रिय व्यवसायी महासंघका उपाध्यक्ष मनोज बाबु श्रेष्ठ, रञ्जना व्यवसाय संघका अध्यक्ष लगाएत काठमाण्डौं मलका व्यवसयीहरुको उपस्थीति थियो ।

साधरण सभाले शुषमा महराको अध्यक्षमा १० सदस्यीय कार्यसमिति चयन पनि गरेको छ । उपध्यक्षमा प्रकाश थापा, महासचिवमा मुरारी कोइराला, सचिवमा केशर बहादुर थापा कोषध्यक्षमा जगदिश गौतम र सदस्यहरुमा शान्ती खड्का, रिक्सन ब्रजाचार्य, माधव न्यौपाने, रविन्द्र कार्की र कुविर घले चयन भएका छन् ।