विप्लवका १७ जना कार्यकर्ता पक्राउ

0
Shares

सिन्धुपाल्चोक ।
नेत्रविक्रम चन्द विप्लवका १७ जना कार्यकर्ताहरु पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले सिन्धुपाल्चोकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लवका जिल्ला सदस्यहरु रञ्जीत ठकुरी,धनबहादुर श्रेष्ठ लगायतका छन् ।

प्रहरीले चौतारा साँगाचोकगढी नगरपालिका कार्कीटारमा संगठनको गतिविधिका लागि छलफल भइरहेको बेला शुक्रबार राति पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान भईरहेको छ ।