‘‘आचारसंहिता विपरित काम गर्नेलाई संरक्षण हुँदैन’’

0
Shares

धनवीर दाहाल, रुकुम ।
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता आचार संहिता विपरित काम गर्नेको संरक्षण नहुने बताउनुभएको छ । देश र जनताको हितमा कामगर्ने पत्रकारिता क्षेत्र समाजको सम्पती भएकोले पत्रकारले पनि आचार संहितालाई ख्याल गर्नुपर्ने धारणा राख्नुभयो ।
प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघ रुकुमले शनिबार मुुिसकोटमा गरेको कार्यक्रममा अध्यक्ष आचार्यले यस्तो बताउनुभएको हो । अध्यक्ष आचार्यले राष्ट्र,समाज र नागरिकको हित बिपरित कामगर्ने ब्यक्तिलाई पत्रकार भन्न नमिल्ने बताउनुभयो । कार्यक्रममा प्रेस काउन्सीलका सदस्य इश्वरी ओझाले पत्रकारको पहिलो र अन्तिम न्यायलय प्रेस काउन्सील भएको बताउनुभयो ।

पत्रकार आचारसंहिताका बिषयमा रुकुम पश्चिममा शनिबार सरोकारवालाहरु बिच अन्र्तक्रिया भएको हो । कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख राजकुमार शर्माले पत्रकारले समाजलाई सशुचित बनाएको भन्दै आफ्नो पेशा प्रति इमान्दार भएर काम गर्न सुझाउनुभयो । मुसिकोट नगरपालिका प्रमुख देवीलाल गौतम, उपप्रमुख प्रेमुकमारी सुनार, नेपाल कम्युनिष्ट पार्टीका नेता महेन्द्र के.सी लगाएतका सरोकारवालाले रुकुमको पत्रकारिताको विकास र समाजमा परेको सकारात्मक प्रभावका बारेमा धारणा राख्नुभएको थियो ।