लागुऔषध ल्याउँदै गर्दा ३ जना पक्राउ

0
Shares

काठमाडौँ ।
काठमाडौँको नागढुङ्गाबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गाडीमा लुकाइछिपाइ काठमाडौँ ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट भारत सीतामडी बस्ने १८ वर्षीय शिवकुमार गुप्तालाई नियन्त्रित लागुऔषध नाइट्राभेट एक हजार ८०० चक्कीसहित आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना६ख ७४७६ नंको बस जाँच गर्ने क्रममा उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । चन्द्रागिरि नगरपालिका–२ बाट बारा निजगढ बस्ने ३२ वर्षीय सुरेश लामालाई नियन्त्रित लागुऔषध नाइट्राभेट २६ चक्की र स्पास आठ चक्कीसहित आज प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ग६ख २०४२ नंको बस जाँच गर्ने क्रममा लागुऔषध फेला पारी उनलाई पक्राउ गरिएको हो । झापा कन्काई नगरपालिका–५ घर भएका २० वर्षीय सागर विकलाई पनि अवैध लागुऔषध ब्राउनसुगरसहित सोही ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रासस