होटल व्यवसायी संघ गुल्मीको अध्यक्षमा कँडेल

0
Shares

अनिल खत्री, गुल्मी ।
होटल व्यवसायी मञ्च संघ गुल्मीको अध्यक्ष कँडेल निर्वाचित भएका छन् । जिल्लाको सदरमुकाम तम्घासमा सम्पन्न दशौं वार्षिक सधारण सभा तथा पाँचौ जिल्ला अधिवेशनले निर्वतमान अध्यक्ष समेत रहेका भेषराज कँडेलाई अध्यक्षमा चयन गरेको हो ।

आगामी तीन बर्षको लागि चयन गरिएको कार्यसमितिको उपाध्यक्ष्मा विष्णुप्रसाद ज्ञवाली र जँगबहादुर कुँवर, सचिव लालमणी आचार्य, सह–सचिव मधु महर्जन, कोषाध्यक्ष टीका भण्डारी रहेका छन् । अधिवेशनले सदस्यहरुमा मैया कार्की, कृष्ण श्रेष्ठ, पार्वती गौचन, टेमलाल खनाल, महेन्द्र प्रसाद श्रेष्ठ, झविन्द्र भट्टराई र खुमानन्द ज्ञवालीलाई सर्वसहमत चयन गरेको छ ।
अधिवेशनको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले उद्घाटन गरेका थिए ।