सिद्धबाबा मन्दिर सजाइँदै

0
Shares

खस्यौली ।
महाशिवरात्रि पर्वलाई लक्षित गरेर प्रसिद्ध सिद्धबावा मन्दिरलाई सजाउन थालिएको छ । मन्दिरमा रंगरोगन, मर्मतसम्हारलगायतका काम सम्पन्न भइसकेको छ ।

मन्दिरमा भक्तजनलाई आवतजावत गर्न आजदेखि निःशुल्क बस सेवासमेत सञ्चालनमा ल्याइएको मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरुङले जानकारी दिनुभयो । गत वर्ष महाशिवरात्रिको भेटीबाट बचत भएको रकम र अन्य स्रोतसमेत गरी रु २९ लाख बढीमा सो बस समितिले नै खरीद गरी सञ्चालन गरेको हो ।

तत्काललाई हरेक दिन बिहान ५ बजे बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाबाट सञ्चालन हुने गरी बस व्यवस्थापन गरिएको बताइएको छ । बसमा भजनकीर्तन र धार्मिक प्रवचन गर्ने व्यवस्थासमेत मिलाइएको छ ।
सिद्धबाबा मन्दिर पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको र बुटवलबाट करीब छ किलोमिटर उत्तरमा छ । महाशिवरात्रिका दिन नरेनापुर, सैनामैनाको बोलबमधामलगायतका क्षेत्रमा पनि मेला लाग्ने भएकाले तयारी भइरहेको बताइएको छ ।
रासस