वीरगन्जमा लुटिएको मोटरसाईकल बारामा भेटियो

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्ज महानगरपालिका वडा नं १५ कवि शिरोमणी टोलबाट लुटिएको मोटरसाइकल बारामा फेला परेको छ ।
बाराको बुनियादस्थित उखु बारीमा ना ३५ प २२९१ नम्बरको मोटरसाइकल फेला परेको हो ।
हतियार देखाएर अज्ञात समूहले वीरगन्जका एक व्यापारीको नगद र मोटरसाइकल लुटेका थिए । लक्ष्मी भेट फर्माका सञ्चालक नारायण भनिने पोमबहादुर गुरुङले हिजो बेलुका नगद र बाईक लुटिएको जानकारी प्रहरीलाई गराएका थिए ।
अनुसन्धानका क्रममा बाराको बुनियादबाट मोटरसाईकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता अनन्तराम शर्माले जानकारी दिए । ‘लुटपाटबारे जानकारी आएपछि प्रहरीले खोजी शुरु गरेको थियो, बाराको बुनियादमा मोटरसाइकल फेला परेको छ’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’
घण्टाघरस्थित लक्ष्मी भेट फर्माबाट घर फर्कँदै गर्दा माक्स लगाएर आएका दुई जनाले बन्दुक देखाएर अन्दाजी १ लाख नगद र मोटरसाइकल लुटेको गुरुङको दाबी छ ।