जय जनता टिभी अनलाइन शुरु

0
Shares

काठमाडौं ।
नेपाली जनता दलले शनिबारबाट जय जनता टिभी अनलाइन सुरु गरेको छ । पार्टी कार्यालय अनामनगरमा पार्टी अध्यक्ष हरिचरण साहले अनलाइनको शुभारम्भ गर्नुभयो ।
अध्यक्ष साहले पछिल्लो समयमा अनलाइनको बजार राम्रो भएकाले पार्टीले पनि यसको खाँचो महसुश गरेको बताउनुभयो । ‘अनलाइनले पार्टीको मात्र नभएर सबैको समाचार प्रकाशन गर्छ, सबैसँग सहकार्य गरेर जान्छौं’ औपचारिक कार्यक्रममा पत्रकार र नेता कार्यकर्तामाझ साहले भन्नुभयो ‘ अनलाइनले समाचारलाई सत्यतथ्य रुपमा प्रकाशन गर्ने विश्वास गरेका छौं, प्रतिस्पपर्धाका नाममा हतारमा गलत समाचार दिनु राम्रो होइन ।’ अध्यक्ष साह अनलाइनको संरक्षक हुनुहुन्छ । अनलाइनको प्रधान सम्पादक तेजनारायण चौधरी हुनुहुन्छ ।