महानगरकै अगुवाइमा महायज्ञ

0
Shares

वीरगन्ज, (नेस)
वीरगन्जमा यही फागुन १९ गतेदेखि २२ गतेसम्म सञ्चालन हुन गइरहेको अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।
महायज्ञको लागि वीरगन्जको आदर्शनगर रगंशालामा २५२ कुण्ड निर्माण, पण्डाल लगाउने,आगन्तुकलाई निःशुल्क भोजन र आवासको सुविधा मिलाउने काम अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ ।

महायज्ञका लागि टेन्ट पण्डाल लगाउने काम ९० प्रतिशत सकिएको र अन्य सम्पूर्ण तयारी ८० प्रतिशत पुरा भएको यज्ञ आयोजक समितिका संयोजक एवं वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए । उनले पहिलो दिन राष्ट्रपति विद्यादेवि भण्डारी आउने र अन्तिम दिन प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने जानकारी समेत गराए ।

महायज्ञमा प्रधानमन्त्री केपीशर्मा ओली र पूर्वप्रधानमन्त्री प्रचण्डसमेत सहभागी हुने उनले बताए । महायज्ञमा ५ देखि १० लाख भक्तजनहरु आउने अनुमानसहित सोही अनुसारको तयारी भइरहेको आयोजकको भनाइ छ । भक्तजनहरुका लागि निःशुल्क भोजन र आवासको व्यवस्थापन गरिएको छ ।