बहुविवाह तथा सम्बन्ध विच्छेदको घटना बढ्दै

0
Shares

नेपाल समाचारपत्र, बारा
बारा जिल्लामा पछिल्लो समय बहुविवाह तथा सम्बन्ध विच्छेदको घटनामा वृद्धि भएको छ ।
श्रीमान÷श्रीमतिबीचको असमझदारी र पारिवारिक बिग्रहले पछिल्लो समय बहुविवाह तथा सम्बन्ध विच्छेदको घटनामा वृद्धि भएको हो ।
जिल्ला प्रहरी कार्यालय तथा अदालतमा परेका उजुरीको जिल्लामा बहुविवाह तथा सम्बन्ध विच्छेदका घटना केही समयता दुइ्र्र गुणाको दरले बृद्धिभईरहेको पाइ्रएको छ । चालु आर्थिक बर्ष २०७५÷०७६ को साउनदेखि हालसम्म ५५ जना महिला तथा ४२ जना पूरुषले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएका छन ।

हालै जारी मुलुकी संहितामा भदौ महिनाको १ गतेदेखि पुरुषको हकमा पनि सम्बन्ध बिच्छेदको मुद्दा लागु हुने व्यवस्था गरेपछि  यो अवधिमा ४२ वटा मुद्दा दर्ता भएको अदालतका स्रेस्तेदार कोशलेश्वर ज्ञवालीले बताउनुभयो । अहिलेको तथ्याङ्कले आगामी दिनमा सम्बन्ध विच्छेदको लागि महिला भन्दा पुरुषको तर्फबाट बढी  मुद्धा पर्नसकने श्रंभावना देखिएको उहाले बताउनुभयो ।

यस्तै गत आर्थिक बर्षको २०७४÷०७५ मा महिलाले १०३ तथा ०७३÷०७४ मा १०८ महिलाले सम्बन्ध बिच्छेदको लागि अदालतमा मुद्दा दर्ता गराएका छन । आर्थिक बर्ष २०७३÷०७४ मा बहुविवाह सम्बन्धी ६ वटा मुद्धा परेकोमा हाल यो संख्या बढेर १४ मा पुगेको छ ।

मुलुकी देवानी (संहिता) ऐन, २०७४ र मुलुकी देवानी कार्यबिधि (संहिता) ऐन, २०७४ बमोजिम सम्बन्ध बिच्छेद व्यवस्था ९३ अनुसार दुबैको मञ्जुरीले सम्बन्ध बिच्छेद गर्न सकिने कानुनी व्यवस्था रहेको छ ।

श्रीमान श्रीमती बिचको असमझदारी र मनमुटाब बढदै जादा जिल्लामा सम्बन्ध बिच्छेदको घटनामा बढोत्तरी भएको हो । श्रीमान, श्रीमति बिच उत्पन्न विवादको कारण बहुविवाह तथा सम्बन्ध बिच्छेदको घटनामा बृद्धि भएको नेपाल वार एशोसियसनका बाराका पूर्व अध्यक्ष तथा अधिवक्ता परमहंश केशरीले जानकारी दिनुभयो । उहाले बैदेशिक रोजगारीका कारणले पनि पारिवारिक बिग्र्रहका घटना बढी रहेको बताउनुभयो । “बैदेशिक रोजगारीको सिलसिलामा श्रीमान बिदेसियपछि दाम्पत्य  जीवनमा पनि स्वभाविक रुपमा खटपट उत्पन्न हुन्छ, उहाले भन्नुभयो, फलस्वरुप बहुविवाह तथा सम्बन्ध बिच्छेदको घटनामा बृद्धि भएका छन ।’

श्रीमान श्रीमतिले बदलिदो समयमा एक अर्कालाई पर्याप्त समय दिननसक्नु तथा सामाजिक सञ्जाल –तथा इन्टरनेटको गलत प्रयोगले पनि यस्ता घटनामा बृद्धि भएको बारा जिल्ला अदालतका स्रेस्तेदार ज्ञवालीले बताउनुहुन्छ । मागे अनुसारको दाईजो नपाएको, दोस्रो श्रीमती भित्र्याएको, छोरा जन्माउन नसकेको तथा घरेलु हिंसा, मादक पदार्थ सेवन जस्ता समस्याले पनि बहुविवाह र सम्बन्ध बिच्छेदको मुद्दामा बढी समस्या देखिएको उहाँले बताउनुभयो ।