लेखा समितिको टोली चयन

0
Shares

बुटवल, (नेस)
प्रदेश पाँचको सार्वजनिक लेखा समितिको टोली नदिजन्य पदार्थको अवस्था बुझन अनुगमनका लागि जिल्ला जिल्लामा जाने भएको छ ।
समितिको शुक्रबार बसेको बैठकले यहि फागुनको २५ गतेदेखि एक साता भित्र अनुगमन सकेर प्रतिवेदन तयार पार्ने गरी जिल्ला जिल्लामा जानका लागि उपसमिति गठन गरेको हो ।

प्रदेश पाँचका तराईका जिल्लामा नदिजन्य पदार्थको उत्खनन अवस्था, गोदाम, क्रेसर संचालनमा मापदण्ड पुरा भएनभएको अनुगमनका लागि उपसमितिले प्राबिधिकको टोली समेत लिएर जिल्ला जिल्लामा जाने निर्णय गरिएको बैठक पछि समितिका सभापति डिल्लाबहादुर चौधरीले जानकारी दिनुभयो ।

नदिजन्य पदार्थमा व्यापक अनियमितता भएको, जथाभावि उत्खनन् भएको र स्टकको मालमा पनि राजश्व नउठेको गुनासो बढी आएकाले विशेष गरी समितिले पहिलो चरणमा प्रदेशका तराईका ६ जिल्लामा उपसमिति परिचालन गरिएको उहाँले बताउनु भयो । गठित उपसमितिले तराईका ६ जिल्लामा रहेका खोला, घाटगद्धि, क्रेसर कुनैपनि नछुटाईकन अनुगमन गर्ने छ । सभापति चौधरीका अनुसार उक्त समितिले विशेष गरी उत्खनन कानुनी प्रकृया पुरा गरी भएनभएको र राजश्व असुलीको अवस्था के कस्तो छ अध्ययन गर्ने छ ।