१ सय ३५ प्रशिक्षार्थी प्रहरी जवान दीक्षित

0
Shares

विराटनगर, (नेस)
विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र, रानीमा प्रहरी जवान आधारभुत तालिम १३६ औं समूहको शुक्रबार दिक्षान्त समारोह सम्पन्न भएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालको प्रमुख आतिथ्यतामा प्रहरी जवान आधारभूत तालिम १३६ औं समूहको दिक्षान्त समारोह सम्पन्न भएको हो । २०७५ जेष्ठ २६ गते देखि फाल्गुन १६ गते सम्म संचालन भएको प्रहरी जवान आधारभूत तालिममा  १३५ जना प्रशिक्षार्थी प्रहरी जवान दिक्षित भएका हुन् ।

दिक्षान्त समारोहमा सहभागि प्रशिक्षार्थी प्रहरीले कवाज प्रदर्शन गरेका थिए । कार्यक्रममा तालिम अवधि भर लिईएको चरणगत परीक्षाको प्राप्ताङका आधारमा विभिन्न १० विधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरु लगायत प्रशिक्षणमा संलग्न उत्कृष्ठ ३ जना प्रशिक्षकहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख केदार रिजालले प्रमाणपत्र तथा नगद पुरस्कारद्वारा पुरस्कृत गरे ।