‘धर्मको विषयमा जनमत संग्रह हुनुपर्छ’

0
Shares

नेपाल समाचारपत्र, गुल्मी
नेपाली कांग्रेसका महामन्त्रि डा. शशांक कोइरालाले धर्मको विषय जनमत संग्रहवाट टुंग्याइनुपर्ने वताएका छन् । शुक्रवार गुल्मीको मुसिकोट नगरपालिकाको वामीमा रहेको महेन्द्र आदर्श माध्यमिक विद्यालयको हिरक महोत्सवको कार्यक्रमममा कोइरालाले नेपाल सतातन वैदिक धर्मको भूमि भन्दै नेपाल धार्मिक स्वतन्त्रता सहित हिन्दु राष्ट्र हुनुपर्ने वताए ।

धर्मको विषयमा जनमत संग्रह गरिनुपर्छ र सवैको चाहनामा हिन्दुराष्ट्र घोषणा गरिनुपर्छ भन्ने रहेको बताए । उनले धर्मको नाम लिँदै हिन्दुहरु धर्म संरक्षणमा जागरुक हुन आग्रह गरे । आफूले वि.पि.को पद पछ्याइरहेको भन्दै काम गरेर देखाउने महामन्त्रि कोइरालाले उद्घोष समेत गरे ।

विद्यालयमा प्राविधिक शिक्षा अन्तरगत इन्जिनियरिङ कक्षा संचालन गर्ने उद्धेश्ये श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा सञ्चालन गरिएको छ । भागवत भाष्कर कमलनयन गौतमले प्रवचन दिइरहेका छन् । हाल सम्म झण्डै ४ करोड रुपैयाँ संकलन भइसकेको र ५ करोड पुर्याउने लक्ष्य रहेको मुलसमारोह समितिका संयोजक प्रकाश काफ्लेले जानकारी दिए । ‘सिपयुक्त जनशक्ति निर्माणको इच्छा, नगरभित्रै सर्वसुलभ प्राविधिक शिक्षा’ भन्ने नारासहित सुरु भएको महोत्सव २१ गते सम्म चल्ने विद्यालयले जनाएको छ