हिउँमा कठ्याङ्रिएर मृत्यु

0
Shares

हुम्ला, (नेस)
हुम्लामा लगतार परेको भारि हिमपातपछि कठ्याङ्ग्रिएर एकको मृत्यु भएको छ । सिमकोट गाउँपालिका–७ का ४५ बर्षिय जोग्मल शाहीको पातीहाल्न भन्ने ठाउँमा मृत्यु भएको मृत्यकका आफन्तलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी नायब उपरिक्षक रविन श्रेष्ठले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यलय हुम्लााका इनिस्पेक्टर राजेन्द्र सिंहको कमानमा खटिएको टोली र धारापोरी प्रहरी चौकी इन्चार्ज जगत विसीको संयुक्तरुपमा खटिएको टोलिले मृत्यक शाहीको शव मुचुल्का गरीबुझाएको मृत्यकका आफन्त अजबहादुर शाहीले बताए । घरमा खानलगाउन चरम समस्या भएकै कारणले घरपरिवार र आफनो पेट पाल्नको लागि नजिकै छिमेकी गाउँ नाम्खा गाउँपालिका–१को हेप्का गाउँमा  खानेकुरा मागेर घरमा र्फकिने क्रममा  हिंउमा कठ्याङ्ग्रिएर मृत्यु भएको हो ।
हुम्लामा एक सातादेखि लगातरा परेको हिमपात र हुरीबतासले गर्दा हेप्का गाउँबाट घरमा र्फकिने क्रममा घर निजिकै रहेको पातीहाल्न भन्ने स्थानमा मृत्यु भएको थानीय बासिन्दा मन्दिर सिंहले बताए । भारि हिमपातले गर्दा आवतजावत बन्दभएको र मौसमसफा भएपछि मात्र हिंउँ भित्रै मृत्य अबस्थामा भेटिएको मृत्यका आफन्त अजबहादुर शाहीले जानकारी गराउनुभयो । मृत्यक शाहीको लाश बुझे पनि घाटसँम लैजान समस्या भएको छ ।