खप्तड जोड्ने पक्की पुलको सिलान्यासले स्थानीय हर्षित 

0
Shares

ललित सिंह, बझाङ
जिल्लाको खप्तड छान्ना गाउँपालिका जोड्ने जडारीगाडमा पर्यटकियस्थल खप्तड जोड्ने  गाडी गुड्ने पक्की पूलको निर्माण कार्य सुरु भएपछि स्थानीय खुसी भएका छन् । बुधबार ४० मिटर लम्वाई रहेको पक्की पुलको एक कार्यक्रमका बिच सिलान्यास गरि निर्माण कार्य सुरु भएपछि यस क्षेत्रका स्थानीयमा खुसीयाली छाएको हो ।
धार्मीक एबम् पर्यटकिय स्थलले भरीपूर्ण  मानीने खप्तड राष्ट्यि निकुञ्ज बझाङ्ग जिल्लाको तमैल बजार हुदै खप्तड छान्ना गाउँपालिका बाटै अन्य जिल्लाहरु भन्दा छिटो र सरल बाटो रहेको छ । यस क्षेत्रमा बाह्रय र आन्तरीक पर्यटकहरुलाई भित्राउन सके सुदुरपश्चिमले ठुलो धनरासी हासिल गर्ने देखिएको छ ।
बर्षौ देखि पक्की पुल नहुदा समस्या झेली रहेका यस क्षेत्रका स्थानीयबासीमा पक्की पूलको निर्माणका लागी खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्क बहादुर रोकायाले पुलको औपचारिक रुपमा सिलान्यास गरेपछि  ठेकेदार कम्पनीले निर्माण कार्य सुरु गर्ने भएको छ । सेतीलोक मार्ग अन्र्तरगतको जडारीगाडमा पक्कीपुलका निर्माणका लागी गएको बैसाखमा बोलपत्र आह्वान गरि खम्पाचेटी टीडिआर जेबीले निर्माणको जिम्मा पाएको थियो ।  ६ करोड ४२ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको पक्की पुल दुई बर्ष भित्र निर्माण गरिने भएको छ ।
दुई बर्ष देखि काठेपुलमा गाडीहरु गुडाएर यातायात सञ्जाल जोडिएको जडार थामलेख सड्कमा यसरी पक्की पुलको निर्माण कार्य सुरु भएपछि स्थानीयको बर्षौ देखि पक्कीपुलमा गाडी चढ्ने सपना पुरा हुने भएको स्थानिय  दर्षन खड्काले वताए ।  पुल निर्माणको काम सुरु भएपछि  निकै खुुसी भएको छु । उनले भने, पक्की पुल नहुदा छान्नाबासीले निकै दुख पाएका थियौ ।
यता सेती नदीमा र्निमाण हुनु पर्ने ५ वटा  पक्की पुलको निर्माण कार्य भने अलपत्र भई रहदा सेती लोकमार्ग अन्तरगतको जराडीखोलामा पक्कीपुल बन्ने पक्का भएको छ  । जयपृथ्वी राजमार्गको सेती पारिपट्टी तमैलबाट सेतीलोकमार्ग छान्ना भएर बाजुरा अछाम वाट कैलालीको खुटीया जोड्छ । बझाड्गको छान्ना क्षेत्रको जराडीगाडमा ३ वटा पक्कीपुल निर्माण गर्नु पर्ने भएपनि सुरुको पुल खोलामारा नजिकै सिलान्यास भएपछि यहाँका मानिसहरु हर्षित छन् ।
खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले एक औपचारीक कार्यक्रम गरि पुल सिलान्यास गदै कामको  कडा निगरानी गरि छिटो भन्दा छिटो निर्माण गर्न पहल गर्ने वताए ।  ठेकेदार कम्पनीले पक्कीपुल निर्माणमा  आबस्यक पर्ने बालुबा, गिट्टी, सिमेन्ट, सरिया लगायतका आबस्यक सामाग्री समेत संकलन गरि निर्माण स्थलमा पुर्याई सकेको छ । ठेकेदार शेर बहादुर खड्काले भने, छान्ना मेरो स्थानीय ठाउँ पनि हो, सामानहरु मेसिन, गाडीहरु सबै तयार भई काम सुरु गरि सकेको छु अबको दुई बर्ष भित्र जसरी पनि पुल निर्माण गर्ने छु ।