अझै धामीझाँक्रीको भर 

0
Shares

महेश न्यौपाने, रोल्पा
विद्यालय समयमा विद्यार्थी विरामी पर्न थाले पछि प्रधानाध्यपक लिला आचार्यले अन्य सहकर्मीको सहयोगमा नजिकको अस्पताल पु¥याईन । जिल्ला अस्पतालले विरामीलाई परामर्श सहित उपचार पनि ग¥यो । विरामी घट्नुको साटो दिनानु दिन वढ्दै जान थालेपछि स्वास्थ्यकर्मीको समूह विद्यालयमै आएर उपचार ग¥यो । यति गर्दा पनि विरामी विद्यार्थी घट्नुका साटो वढेको वढ्यै गर्न थाल्यो । हैरान भएका अभिभावक कालो वाख्राको  बली दिने निर्णयमा पुगे ।

यो घटना हो रोल्पा नगरपालिका २ रेउघामा रहेको पिताराज आधारभूत विद्यालयको । जिल्ला अस्पताल रेउघा देखी करिव ५ सय मिटर दुरीमा रहेको सो विद्यालयका अभिभावकले धामी झाँक्री मार्फत झारफुक सहित बली दिएका हुन । पौष पहिलो हप्तादेखी विद्यार्थीहरु काप्ने, चिच्याउने तथा वेहोस भएर ढल्न थालेपछि मनोसामाजिक समस्या भन्दै विद्यालयले जिल्ला अस्पतालका स्वास्थ्यकर्मीको सहयोगमा उपचार तथा परामर्श दिएको थियो । जिल्ला अस्पतालका ईन्चार्ज डा. सुशिल आचार्य नेतृत्व स्वाथ्यकर्मीको टोली विद्यालय पुगि स्वास्थ्योपचार र परामर्श सेवा दिएको केही समय सम्म विरामी निको भए जस्तो गरे पनि केही समय पछि विरामी वल्झीदै आएको थियो । स्वास्थ्यकर्मीको नियमित पराशर्श पश्चात पनि विरामीको अवस्था सुधार नआए पछि केही दिन अघि ४ दिनका लागि विद्यालयको पठन पाठन समेत वन्द भएको थियो । विद्यालयको गेट प्रवेश गर्ने वित्तीकै विद्यार्थीहरु विरामी पर्न थालेपछि केही दिनका लागि पठन पाठन वन्द गर्न वाध्य भयौ विद्यालयका प्रधानाध्यापक लिला आचार्यले भनिन ।

सुरुमा कक्षा ६ र ७ का केही विद्यार्थीमा यस्तो समस्या देखिए पनि पछि विस्तारै यो समस्या अन्य कक्षामा समेत विस्तार हुदै जाँदा हालसम्म ३५ वढी विद्यार्थी प्रभावित भईसकेका छन प्रधानाध्यापक आचार्यले भनिन । वारम्वार विद्यार्थी विरामी परे संगै विद्यालयको पठन पाठन समेत प्रभावित हुदै आएको छ आचार्यले भनिन । नगरस्तरीय अन्तिम परिक्षा समेत नजिकै आउदा समेत विद्यार्थीको अवस्थमा सुधार नआउदा शिक्षक र अभिभावक निकै चिन्तित छौ प्रधानाध्यापक आचार्यले भनिन ।

लामो समय सम्म विरामी संचो नभएपछि विज्ञ मनोचिकित्सकको सेवा दिने निर्णय गरेका छौ  रोल्पा नगर शिक्षा समितिका सदस्य खिमवहादुर घर्तीले भने । मनोचिकित्सक जिल्ला वाहिरवाट ल्याउनु पर्ने भएकाले केही ढिलाई भएको छ सदस्य घर्तीले भने । अभिभावकहरुले विरामीको मनोवैज्ञानिक उपचारका लागी धामी झाँक्रीको सहयोगमा कालो वाख्रा वलि दिएको आफुले पनि सुनेको रोल्पा नगरपालिका २ नम्वर वडाध्यक्ष समेत रहेका घर्तीले भने । धामी झाँक्रीको झारफुक भन्दा स्वास्थ्यकर्मी र मनोचिकित्सकको परापर्शका लागी अभिभावकलाई उत्प्रेरित गरे पनि अभिभावकले धामी झाँक्रीवाट झारफुक गरिरहेका छन घर्तीले भने ।

लगातार २ महिना देखी विरामी भएका विद्यार्थी निको नभएपछि विभिन्न विकल्प खोज्ने क्रममा धामी झाँक्रीवाट झारफुक गरि कालो वाख्रो वलि दिएका हौ अभिभावक प्रेमकुमारी घर्तीले भनिन । प्रति विद्यार्थी एक सयका दरले पैसा उठाएर कालो वाख्रा सहित पुजा सामान जुटाएर झारफुक र पुजा पाठ गरेका हौ अभिभावक घर्तीले भनिन । गाउँकै रिमुल भन्ने मुलमा गएर देउताको पुजा गरे पनि विद्यार्थी विरामी हुन छाडेका छैनन घर्तीले भनिन ।

जिल्लामा यस्तो समस्या पटक पटक दोहोरीदै आएकाले यसको परामर्शका लागि महिला शिक्षकहरुलाई तालिम दिनु पर्ने जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अहेव कुलवहादुर डाँगीले सुझाव दिए । यस्तो समस्या छात्राहरुमा देखिएका कारण महिला शिक्षकलाई तालिम दिए समयमै परामर्श दिन सक्छन डाँगीले भने । भैपरी आउने  समस्या भएकाले यसको पूर्व तयारी स्वरुप विद्यालय शिक्षिकालाई यस्तो तालिम जरुरी छ डाँगीले भने ।