भीभो भी १५ प्रो नेपालमा आउँदै

0
Shares

काठमाडौं, (नेस)
चिनिया“ स्मार्टफोन भीभोले आफ्नो भी सिरिजको नया“ स्मार्टफोन ल्याउने तयारीमा छ । कम्पनीले मार्चको पहिलो साता नेपाली बजारमा भीभो भी १५ र भीभो भी १५ प्रो नामक स्मार्टफोन ल्याउ“दैछ ।

हालै भीभोले आफ्नो नया“ स्मार्टफोनको टिजर सार्वजनिक गरेको छ ।जसमा पप–अप सेल्फी क्यामेरा राखिएको देखाइएको छ । यस्तो डिजाइनमा भीभोले यसअघि भीभो नेक्स स्मार्टफोन ल्याएको थियो । सोही थिमलाई भी १५ सिरिजमा पनि कायम राखिएको छ । यो स्मार्टफोनमा सुपर एमोलेड डिस्प्ले राखिनेछ भने फोनमा स्न्यापड्रागन ६७५ चीपसेट हुनेछ ।

यसबाहेक भी १५ स्मार्टफोन सिरिजमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर राखिएको छ भने फोटोग्राफीका लागि ४८ मेगापिक्सेल प्लस ८ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको ट्रिपल क्यामरा सेटअप हुनेछ ।

हालै अमेजन इण्डियाको आफिसियल ल्यान्डिङ पेजमा देखिएअनुसार भीभो भी १५ प्रो स्मार्टफोनको मुख्य क्यामेरा ४८ मेगापिक्सेलको हुने प्रमाणित भएको छ । सो पेजको जानकारीअनुसार स्मार्टफोनमा इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर राखिनेछ । भीभोले पहिलोपटक ट्रिपल क्यामरा सेट भएको स्मार्टफोन ल्याउन लागेको हो । यो स्मार्टफोनमा सेल्फीका लागि ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा सेन्सर प्रयोग गरिएको छ ।

यो स्मार्टफोनमा ३७ सय एमएएचको ब्याट्री प्याक हुनेछ ।
नेपाली बजारमा भीभो भी १५ प्रो मात्र उपलब्ध हुनेछ । यस स्मार्टफोनको मूल्य नेपाली बजारमा ५० हजार रुपिया“भन्दा माथि हुने अनुमान गरिएको छ ।