सैनिकका सन्तानलाई प्रभु बैंकले शैक्षिक कर्जा दिने

0
Shares

काठमाडौं, (नेस)
नेपाली सेनाको कल्याणकारी कोष र प्रभु बैंकबीच नेपाल सैनिकका जेहेन्दार सन्तानलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सैनिक कल्याणकारी कोषका तर्पmबाट उपरथी ताराध्वज पाण्डे र प्रभु बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच सम्झौता बमोजिम नेपाल सैनिक जंगी अड्डाद्वारा सञ्चालित सैनिक सन्तती प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ कार्यान्वयनका लागि सैनिक कल्याणकारी कोषको सिफारिसमा बहालवाला तथा अवकास प्राप्त सकल दर्जाका सैनिकहरुका छोरा छोरीलाई स्वदेश तथा विदेशमा प्राविधिक विषयअन्तर्गत चिकित्साशास्त्र, इन्जिनियरिङ, सूचना प्रविधि, कृषि र पशु विज्ञान तथा वन विज्ञान संकायमा स्नातक वा सो भन्दा माथिल्लो तहको शिक्षा हासिल गर्नका लागि प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी शैक्षिक कर्जा सुविधा उपलब्ध गराउनेछ ।

शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा अधिकतम् २५ लाख रुपिया“सम्मको हुनेछ । शैक्षिक कर्जा सुविधा प्रभु बैंकको बबरमहलस्थित मुख्य शाखा कार्यालयबाट अथवा कर्जा सुविधा लिन चाहने विद्यार्थीलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट झन्झटरहित तबरले प्राथमिकताका साथ उपलब्ध हुनेछ ।