निकुञ्ज क्षेत्रमा पेट्रोलियम पाइपलाइन गाड्न शुरू

0
Shares

गोकुल घोरसाइने, बारा
पथलैया–अमलेखगन्ज निकुञ्ज क्षेत्रमा पेट्रोलियम पाइपलाइन गाड्ने काम शुरू भएको छ ।

सरकारले पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने रुख कटान अनुमति दिएपछि मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाले पाइपलाइन गाड्ने काम शुरु भएकोे हो ।

मोतीहारी–अमलेखगन्ज पाइपलाइनको ६९ किलोमिटर दूरीमध्ये भारतको रक्सौलदेखि पथलैयासम्म पर्ने २७ किलोमिटर दूरीमा पाइपलाइन गाड्ने काम यसअघि नै सम्पन्न भएको छ । आरक्षका रुख कटान अनुमति नपाउ“दा पथलैयादेखि उत्तर अमलेखगन्जसम्मको ९ किलोमिटर क्षेत्रमा पाइपलाइन गाडने कार्य अवरुद्ध बन्दै आएको थियो ।

आयोजनाअन्तर्गत ३२ किलोमिटर पाइपलाइन भारतीय क्षेत्रमा र ३६ किलोमिटर पाइपलाइन नेपाल क्षेत्रमा पर्छ ।

निकुञ्ज क्षेत्रबाहेकको ६० किलोमिटर दूरीमा पाइपलाइन गाड्ने काम एक साताअघि सम्पन्न भइसकेको नेपाल आयल निगम अमलेखगन्ज डिपोका प्रमुख प्रदीप यादवले जानकारी दिनुभयो । ‘सरकारको निर्णयस“गै बा“की काम पनि चा“डै पूरा हुनेछ ।’ उहा“ले भन्नुभयो–‘निकुन्ज क्षेत्रको ९ किलोमिटर क्षेत्रमा एक महिनाभित्र पाइप गाड्ने काम सकिन्छ, त्यसपछि पाइपलाइन टेस्टिङको काम शुरु गर्छौं ।’ पाइपलाइन टेस्ट गर्न झन्डै १५ दिन समय लाग्ने अनुमान गरिएको उहा“ले बताउनुभयो । यसरी सबै प्रक्रिया पूरा गरी वैशाखको पहिलो सातासम्ममा पाइपलाइनबाट तेल ल्याउन सकिने उहा“को भनाइ छ ।

उहा“का अनुसार निकुञ्ज क्षेत्रका रूख कटान अनुमति दिइने काम ढिलो भएको कारण पाइपलाइनबाट तेल ल्याउने लक्ष्य निधारित समयमा पूरा हुन नसकेको हो । अबको डेढ महिनामा पाइपलाइन गाड्ने र टेस्ट गर्ने सबै काम सम्पन्न हुने उहा“को दाबी छ ।

पथलैयादेखि अमलेखगन्जसम्मको निकुञ्ज क्षेत्रको पाइपलाइन गाड्ने रुटबाट आठ वटा ब्लकमार्फत ६ हजार ५ सय ६३ वटा रूख तथा पोल परेका छन । उक्त रुटबाट ८१ हजार ६ सय लाथ्राहरूको कटान, मुछान, ढुवान, पाइलिङ, घाट गद्दी, जरा उखेल्नेलगायतका काम शुरु गरिएको उहा“ले जानकारी दिनुभयो । निकुञ्ज कार्यालयबाट खटिएका कर्मचारीको रोहवरमा टिम्बर कर्पोरेसन शाखा कार्यालय पथलैयाले रूख कटान मुछान गर्ने नेपाल आयल निगमले जनाएको छ । आठ वटै ब्लकबाट काटिएका रूखबाट ५२ हजार १ सय २४ दशमलव २४ क्युफिट काठ र १ सय ८८ दशमलव ८६ चट्टा दाउरा संकलन हुने अनुमान टिम्बर कर्पोरेसनले गरेको छ ।

निकुञ्ज क्षेत्रमा पाइप गाडिएपछि बरौनी–पटना–कानपुर पाइपलाइनमध्ये पटनाबाट सीधैं तेलका लागि यहा“को पाइपलाइन जडान गरिने मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराले जनाएको छ ।

तेल भण्डारण गर्न यसअघि अमलेखगन्ज डिपोमा रहेको चार वटा पुराना ट्यांकीलाई भारतीय ठेकेदारमार्फत मर्मत कार्य भइरहेको छ । जसमध्ये दुई वटा ट्यांकीको मर्मत कार्य सम्पन्न भइसकेको परियोजना कार्यालयले जनाएको छ । पहिलो चरणमा १६ हजार किलोलिटर तेल भण्डारण गर्न सक्ने पूर्वाधार तयार गरिएको छ । तेल भण्डारण गर्न थप ६÷७ वटा भर्टिकल ट्यांक बढाउने योजना नेपाल आयल निगमले बनाएको जनाइएको छ । अहिले दैनिक दुई सय ट्यांकर रक्सौलस्थित डिपोबाट इन्धन भर्दै आएका छन् ।

२ सय ७५ करोड भारु खर्चमा परियोजना सम्पन्न गर्ने लक्ष्य लिइए पनि पाइपलाई क्षेत्रमा पर्ने आवास क्षेत्रमा पाइपलाइन व्यवस्थित पार्न थप खर्च भएकाले परियोजनाको कुल खर्च अहिले ३ सय २४ करोड भारु पुगेकोे परियोजनाले जनाएको छ ।

पाइपलाइनबाट तेल भित्रिने काम शुरु भएपछि नेपाल आयल निगमले इन्धन ढुवानीमा खर्च गर्दै आएको रकममध्ये झन्डै ३ देखि ५ अर्ब रुपिया“ खर्च बचत हुने अनुमान आयल निगमले गरेको छ ।