पर्यटकको रोजाइमा ‘गोठेसिंह होमस्टे’

0
Shares

गणेश विष्ट, भोजपुर
भोजपुरको पश्चिम टेम्केमैयुङ गाउ“पालिकाको छिनामखुमा बाह्य तथा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘गोठेसिंह होमस्टे’ सञ्चालन गरिएको छ । होमस्टे सञ्चालनमा आएस“गै अहिले यहा“ घुम्न आउने पर्यटकको संख्यासमेत बढ्न थालेको छ ।

सरकारले सय वटा पर्यटकीय गन्तब्यमध्ये भोजपुरको टेम्केडा“डालाई पनि सूचीकृत गरेस“गै यहा“ घुम्न आउने पर्यटकको संख्या बढ्न थालेको हो । फुर्सदलाई सदुपयोग गर्दै परिवार र साथीभाइस“ग टेम्केडा“डा घुम्न आउने पर्यटकको प्रमुख रोजाइमा ‘गोठेसिंह होमस्टे’ पनि पर्न थालेको छ । टेम्के मैयुम गाउ“पालिका–२ छिनामखुमा स्थानीय प्रकाश राईले होमस्टे सञ्चालनमा ल्याउनु भएको हो ।

एकहप्ते छुट्टी मनाउन परिवारस“ग टेम्केडा“डा घुम्न पुग्नु भएका षडानन्द नगरपालिका दिङ्लाका शिक्षक श्रीकृष्ण बोगटी होमस्टेको अर्गानिक स्वाद र स्थानीय उत्पादनमा आफू पनि रमेको बताउनुहुन्छ ।

‘यहा“ आउ“दा तनावसमेत हटेर फ्रेस हु“दो रहेछ, होमस्टेमा छुट्टै आनन्द महशुस भयो शिक्षक बोगटीले भन्नुभयो–‘प्राकृतिक सुन्दरता र पारिवारिक वातावरणमा रम्न चाहनेका लागि यहा“को होमस्टे एकदमै राम्रो रहेछ । पारिवारिक वातावरण, किरा“ती संस्कृति र स्वादिष्ट परिकारले होमस्टेको बसाई रमाइलो भयो ।’

यस्तै साथीस“ग टेम्केडा“डा, चखेवाभञ्ज्याङ घुम्न गएका छिनामखुका अजुर्न बस्नेतले जिल्लामा निकै चर्चा कमाएको होमस्टेको नाम मात्र सुनेको थि“ए, साथीहरूस“ग प्राकृतिक आनन्दस“गै भरपुर मनोरञ्जन लिएर फर्किएको बताउनुभयो । भोजपुरको टेम्केमैयुङ गाउ“पालिका छिनामखुको श्यामशीलामा रहेको यो होमस्टे सदरमुकामदेखि ४२ किलोमिटर पश्चिममा पर्छ ।

किरा“ती संस्कारको अतिथि सत्कार, अर्गानिके खाना र आरामदायी बासस्थानबाट प्राकृतिक सुन्दरता नियाल्न पर्यटकका लागि यो होमस्टे पर्यटकीय गन्तव्य बन्दै गएको गाउ“पालिका अध्यक्ष नवराज राईको भनाइे छ । अध्यक्ष राईका अनुसार टेम्केडा“डा मुन्दुम पदमार्गमा पर्ने भएकाले यहा“ घुम्न आउने पर्यटकका लागि एक मात्र आरामदायी बिसौनी बनेको ‘गोठेसिं होमस्टे’ बस्न नचाहने कमै हुन्छन् ।

गत भदौ पहिलो हप्ता स्थानीय प्रकाश राईले करिब २६ लाखको निजी लगानीमा व्यावसायिक ‘होमस्टे’ सञ्चालन गर्नुभएको हो । ५७ रोपनी क्षेत्रफलमा रहेको होमस्टेमा टेम्के, चखेवाडा“डाको अवलोकनपछि विश्राम गर्ने स्थल बन्न पुगेको छ । ‘होमस्टे खोलेपछि पर्यटन प्रवद्र्धन र अन्य विकासस“गै यसले आम्दानीको स्रोत पनि बढाएको छ, राईले भन्नुभयो–‘यहा“ आउने पाहुनालाई आफूले सक्दो आफ्नै हात र अर्गानिक स्वाद दिने निरन्तर कोसिस गरिरहेको छु ।

सामूहिकरूपमा व्यावसायिक होमस्टे खोल्ने प्रस्ताव गरे पनि स्थानीयबासीले चासो नदिएपछि आफू एक्लैले होमस्टे खोलेको हु“ ।’ होमस्टेमा ४० जनालाई एक रातमा बास बसाउन सकिने बताउ“दै सञ्चालक राईले आगामी दिनमा घर र कटेज थप्दै लैजाने योजना रहेको बताउनुभयो ।