भक्तपुरमा पनि प्याराग्लाइडिङ

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुरमा प्याराग्लाइडिङ शुरु हुने भएको छ । यसै क्रममा सूर्यबिनायकको रानीकोटबाट परीक्षणका रुपमा उडाइएको प्याराग्लाइडिङ गुण्डुमा उतारिएको थियो । जिल्लामा प्याराग्लाइडिङ शुरु गर्न केही समयअघि गुण्डु इन्टरनेस्नल प्याराग्लाइडिङले पर्यटन मन्त्रालयबाट स्वीकृति लिएको थियो ।

गुण्डु इन्टरनेस्नलका अध्यक्ष निर्भयबाबु प्रसाईका अनुसार जिल्लाको पर्यटकीय रमणीयस्थल रानीकोटबाट टेस्ट फ्लाइट गरिएको छ । परीक्षण सफल भएसं“गै कम्पनीले छिट्टै व्यावसायिक उडान शुरु गर्ने प्रसाईले बताउनुभयो ।

भक्तपुरमा पनि स्वदेशी तथा बाह्य पर्यटक माझ लोकप्रिय प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको हो । रानीकोटबाट प्याराग्लाइडिङ गर्दा भक्तपुरको रमणीय दृश्यका साथै पाइलबाट आश्रम, डोलेश्वर महादेव, अन्नतलिंगेश्वर लगायत हिमाली दृश्यको मनोरम दृश्यालोकलन गर्न सकिन्छ ।

जिल्लामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुरमा प्याराग्लाइडिङ शुरु हुने भएको छ । परीक्षण उडान सफल भएपछि अब व्यावसायिक उडानका लागि आवश्यक प्रक्रिया पूरा गरिने कम्पनीले जनाएको छ ।