सिटिजन लाइफ इन्स्योरेन्सको अग्रिम भुक्तानी बीमा योजना

0
Shares

काठमाडौं, (नेस)
सिटिजन लाइफ इन्स्योरेन्सले सिटिजन वार्षिक अग्रिम भुक्तानी जीवन बीमा नामक नया“ योजना नेपाली माझ प्रस्तुत गरेको छ । काठमाडौंमा सम्पन्न एक कार्यक्रममार्फत सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलद्वारा उक्त योजना बजारको लागि सार्वजनिक तथा शुभारम्भ गरिएको थियो ।

बीमितहरुको भावी योजनालाई सार्थक बनाउनको लागि यस बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गर्नुका साथै भैपरी आउने समस्यामा सरल तरिकाबाट आर्थिक सुरक्षामा टेवा पु¥याउने उद्देश्यले वार्षिक रुपमा बीमांकको पा“च प्रतिशत रकम बीमितलाई भुक्तानी गर्ने व्यवस्था गरेको छ ।

यस विशेषताले ग्राहकलाई बीमा योजना अनुसारको आफ्नो बीमा शुल्क भुक्तानीको भार व्यवस्थापन गर्न समेत अझ सरल र सहज गराउनेछ ।
२०७४ कार्तिकदेखि सञ्चालनमा आएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले छोटो समयमा नेपाली जीवन बीमा कम्पनीहरुमाझ आफ्नो उपस्थिति सशक्त बनाउन सफल भएको छ ।

नेपालभर फैलिएको सिटिजन लाइफ इन्स्योरेन्सको ६२ वटा कार्यालयमा २०० भन्दा बढी कर्मचारी कार्यरत छन् । नेपालीहरुको आवश्यकता र जोखिमलाई न्यून गर्नको निमित्त विभिन्न आकर्षक जीवन बीमा योजनाहरु उपभोक्ताहरु माझ ल्याउन सदैव तत्पर सिटिजन लाइफ यस आर्थिक वर्षको प्रथम त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा बीमा शुल्क संकलनमा ६० प्रतिशत र सोही अवधिको खुद नाफामा १२० प्रतिशतभन्दा बढीले वृद्धि हुनुका साथै २०७५ पुस मसान्तसम्ममा २४५ करोडको लगानी गर्न सफल भएको छ ।