औद्योगिक मेलामा ५१ फिटको राष्ट्रिय झण्डा

0
Shares

हेटौंडा,(नेस)
मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडामा हुने राष्ट्रिय औद्योगिक व्यापार मेलामा ५१ फिट अग्लो राष्ट्रिय झण्डा फहराइने भएको छ । मेलामा राष्ट्रिय झण्डा फहराउन मकवानपुर उद्योग वाणिज्य संघले तयारी पूरा गरेको जनाएको छ ।

११ दिनसम्म सञ्चालन हुने मेला अवधिभर रहने गरी मेलास्थलको बीचमा झण्डा फहराइनेछ । राष्ट्रप्रति सम्मान जनाउ“दै मेलाको आकर्षणका रुपमा राष्ट्रिय झण्डा फहराउन लागिएको संघले जानकारी दिएको छ । झण्डा हालसम्मकै ठूलो हुने संघ अध्यक्ष कृष्ण कटुवालले दाबी गर्नुभयो ।

मेलामा स्वीस सरकारले राजा महेन्द्रलाई उपहार दिएको गाडी, बोटिङ, घोडचडी, मत्स्य विकास केन्द्र हेटौंडाले उत्पादन गरेको फ्रेस माछा, मौलिक सँस्कृति झल्कने पञ्चैबाजा प्रतियोगिता, बाल उद्यानलगायत राखिने छ, मेला शनिबार शुरु हुनेछ ।