नेपालकै पहिलो काँग्रेसको पार्टी कार्यालयमा चोरी

0
Shares

यमलाल भुसाल, बुटवल ।
नेपाली काँग्रेस तिलोत्तमा नगरपालिकाको २ नम्बर वडा कार्यालयमा गएराती चोरी भएको छ ।

पछिल्लो समयमा रुपन्देही जिल्लामा चोरीका घटनामा वद्धि भएको छ ।

पार्टीको वाड कार्यालयको बैठक कक्ष र हलमा लगाइएको ताला फोडेर भित्र रहेका कागजपत्रहरु च्यातीएको वडा सभापती तिर्थराज पौडेलले जानकारी दिनुभयो । कार्यालय कोठामा रहेको दराजको ताल्चा फोडी लालपुर्जा च्यातेर ४ टुक्रा पारीएको छ । बैठकको निणर्य पुस्तिका लगायतका कागजात च्यातेर वडा भवन देखि केही पर कुलोमा फालीएको छ । अन्य महत्वपुर्ण कागजातपनि च्यातेर बाटोमा छिरलीएको वडा सभापती पौडेलले बताउनु भयो ।

बिहान उज्यालो भएपछि स्थानीयले घटनाबारे थाहा पाएर खबर गरेको सभापती पौडेलले बताउनु भयो ।

काग्रेस रुपन्देहीका सदस्य तथा साबिकको शंकरनगर काँग्रेसका सभापति कृष्ण बहादुर गौतमले पार्टी सदस्य र शुभेच्छुकहरुको सहयोगमा नेपालमा नै पहिलो गाउ समितिको भवन शंकरनगरमा बनाइएको स्मरण गर्दै यस्तो ऐतिहासिक भवनमा चोरी हुनु दुखद भएको बताउनु भयो । उहाले यस्तो कार्यमा सम्लग्न जो कोहीलाई पनि कडा कारवाही गर्नुपर्ने बताउनु भयो ।

यसैबिच इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख तथा प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्लले तोडफोड भएको वडा भवनको बिहान निरीक्षण गर्नु भएको छ । निरीक्षण पश्चात उहाँले केही स्थानीयसंग समेत घटनाका बारेमा जानकारी लिनुभयो ।

प्रहरी नायव उपरीक्षक मल्लले चोरी गर्ने नियतले भन्दापनि कागजात नष्ट गर्ने उद्धेश्यले तोडफोड भएको हुन सक्ने बताउनु भयो । उहांले यस सम्वन्धमा थप अनुसन्धान गर्ने समेत बताउनु भयो ।