महेश न्यौपाने, रोल्पा
रोल्पाको एक विद्यालयका पूर्व विद्यार्थीले आफुले पढेको विद्यालयलाई संझिदै एक करोडको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन । रोल्पा सदरमुकाम लिबाङमा रहेको बालकल्याण नमूना माविका पूर्व विद्यार्थीहरुले यस्तो घोषणा गरेका हुन ।
उक्त अक्षय कोषमा रोल्पा जिल्लावाट संघीय संसद र प्रदेश सभामा निर्वाचित वर्तमान तथा पूर्व जनप्रतिनिधिहरुवाट ३५ लाख उठाउने भएको छ । यसैगरि जिल्लाका स्थानीय तह र वडाहरुवाट ३० लाख संकलन गरिने भएको छ । उद्योग वाणिज्य संघ तथा व्यवसायीहरुवाट १६ लाख संकलन हुने अपेक्षा गरिएको छ ।
जिल्ला स्थीत सरकारी र गैर सरकारी कार्यालय तथा कर्मचारीहरुवाट ५ लाख, विद्यालयको आन्तरिक कोषवाट ५ लाख,पूर्व विद्यार्थीहरुवाट ५ लाख संकलन गरिने भएको छ । अभिभावक तथा विद्यार्थीवाट २ लाख र विद्यालयका शिक्षक,कर्मचारी तथा अन्यवाट २ लाख संकलन गरि सो अक्षयकोष स्थापना गरिने पुर्व विद्यार्थी मंचका अध्यक्ष खिमवहादुर घर्तीले जानकारी दिए ।
पूर्वविद्यार्थीको सराहनीय कार्य
सो कोषका लागि सोही विद्यालयका पूर्व विद्यार्थी समेत रहेका उर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले ५ लाख सहयोग गर्ने घोषणा गरेका छन । मन्त्री पुनले २०४२ साल देखी माध्यमिक तह अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाउदा खुसी लागेको वताए । छात्रवृत्तीले गरिव, जेहेन्दार द्धन्द्धपिडित र अपांग विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुग्ने मन्त्री पुनले आशा व्यक्त गरे ।
जिल्लाको नमूना माविको थप विकास र स्तरवृद्धीका लागि पूर्व विद्यार्थीले खेलेको भूमिकाको प्रशंसा गर्दै विद्यालयलाई देशकै नमूना वनाउन आफुले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । पढ्नको लागि अझै पनि जिल्ला वाहिर जानु पर्ने वाध्यता रहेको औल्याउदै जिल्ला भित्रै गुणस्तरीय प्राविधिक शिक्षालयको स्थापना गर्न आफु लागि परेको मन्त्री पुनको भनाई थियो ।
उक्त अक्षयकोष स्थापनाको लागि विद्यालयको तर्फवाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले समेत ५ लाख रकम सो कोषमा जम्मा गर्ने घोषणा गरेका छन ।
वाँकी रकम निकट भविष्यमा संकलन गरि अक्षय कोष स्थापना गर्छौ पुर्व विद्यार्थी मंचका कोषाध्यक्ष नैना डाँगीले भनिन । रकम संकलन हुने वित्तिकै अक्षयकोष नियमावली वनाई त्यसको व्याजवाट गरिव,द्धन्दपीडित, अपांगता भएका र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती वितरण गछौ कोषाध्यक्ष डाँगीले भनिन ।
जिल्ला सदरमुकाम लिबाङमा २०२३ सालमा स्थापना भएको सो विद्यालयमा हालै पूर्व विद्यार्थी मंच गठन गरिएको छ । मंचमा उपराष्ट्रपति नन्दवहादुर पुन, सभामुख कृष्णवहादुर महरा, मन्त्री वर्षमान पुन, पूर्व सभामुख ओनसरी घर्ती, प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी समेत आजिवन सदस्य रहेका छन ।
सो विद्यालयमा उपसभामुख नन्दवहादुर पुन, सभामुख कृष्णवहादुर महरा, मन्त्री वर्षमान पुन, पूर्व सभामुख ओनसरी घर्ती, प्रदेश मन्त्री कुलप्रसाद केसी,नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेता सन्तोष वुढामगर लगायतका नेताले अध्ययन गरेको थिए ।











प्रतिक्रिया