अष्ट्रेलियमा अलपत्र बिद्यार्थीको समस्या समाधान गर्न आग्रह

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं । नेपाल स्थित शैक्षिक परामर्शदाता कम्पनीहरुका चार छाता संगठनले अष्ट्रेलियाको एआइबिटीमा अलपत्र भएका विद्यार्थीको समस्या समाधान गरिदिन सरकारसमक्ष आग्रह गरेहका छन् । इक्यान, फेकन, आइरिन र नायरले बुधबार संयुक्त पत्रकारसम्मेलन आयेजना गरी सो आग्रह गरेका हुन ।

उनीहरुले डिप्लोमा नर्सिङ विषयमा अध्ययनरत विद्यार्थीका समस्या समाधान हुने विषयमा आफुहरु आश्वस्त रहेको जनाएका छन् । कति विद्यार्थी अलपत्र भएका छन् भन्ने विषयमा उनीहरुले कुनै तथ्याङक दिएका छैनन ।
उनीहरुले सबै तथ्याङक सरकारले सार्वजनिक गर्ने बताएका छन् । चार संगठनका अध्यक्षले नेपाली विद्यार्थीहरु अष्ट्रेलिया सरकारको प्रवेशाज्ञा पश्चात गएको हुँदा उनिहरुको विषयमा सरकारको तर्फबाट अष्ट्रेलिया सरकार समक्ष अनुरोध गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

पत्रकार सम्मेलनमा उनीहरुले भने– धेरै कन्सल्टेन्सीहरुले उक्त कलेजमा विद्यार्थी भर्ना गराएका, अन्य विषयमा शुरुमा त्यहाँ पुगेका विद्यार्थीले पछि विषय परिवर्तन गरि नर्सीङ्ग अध्ययन गर्न थालेका, कतिपयले समस्या उत्पन्न हुनु भन्दा पहिलेनै कलेज स्थानान्तरण गरिसकेको अवस्थामा हाल समस्यामा परेका विद्यार्थी संख्या यकिन रुपमा उल्लेख गर्न नसकिएता पनि केहि अध्ययन पश्चात सो पनि प्राप्त हुन सक्दछ ।

नो अब्जेक्सन लेटर लिएका सबै विद्यार्थीले भिषा पाउने निश्चित नभएको हुँदा सोको आधारमा पनि संख्या निश्चित हुन सम्भव नदेखिने जानकारी गराए । विद्यार्थीले भर्ना लिएको कलेज अष्ट्रेलियन सरकारको निकायद्वारा स्विकृति प्राप्त भएर नै अष्ट्रेलियन हाई कमिसनले प्रवेशाज्ञा प्रदान बताउदै उनीहरुले यस्तो विषयमा दुवै देशका सरकार गम्भीर हुन आवश्यक रहेको औल्याएका छन् ।

एआइबिटीको दर्ता खारेजीबाट उत्पन्न समस्या, सामाधान गर्न चारै संस्था लागिपरेको बताएका छन् । उनीहरुले दर्ता खारेजीबाट त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुले पठनपाठन गर्न नपाउने भएपछि समस्यामा परेका छन् ।

समस्याको वास्तविकता, समाधानका उपाय, हाम्रा प्रयासहरु, नेपाल सरकारको तर्फबाट हुन आवश्यक कुटनितिक प्रयास एवम् भविश्यमा अपनाउनु पर्ने सावधानीका विषयमा सरकारले सरोकारवाला निकाय गम्भीर हुनु आवश्यक रहेको उल्लेख गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै इक्यानका अध्यक्ष विष्णुहरी पाण्डेले सरकारबाट स्विकृत भएका केही कन्सल्टेन्सीले समेत एआइबिटीमा विद्यार्थी पठाएको कारण समस्या उत्पन्न भएको जानकारी गराउदै सो विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अध्ययन गरिरहेको उल्लेख गर्नुभयो ।

१९ फेब्रुअरी २०१९ बाट कलेज दर्ता खारेजीको निर्णय भएको मितिले २८ दिन भित्र उक्त कलेजले अपिल गर्न पाउने वैधानिक व्यवस्था अनुसार कलेजले अपिल गरि सकेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
उनीहरुले समस्यामा परेका विद्यार्थीको विषयमा सम्बन्धित कन्सल्टेन्सीबाटै समस्या समाधान गर्नुपर्ने बताएका छन् । त्यसका लागि विद्यार्थी पठाएका कन्सल्टेन्सीका अधिकारी अष्ट्रेलिया पुगिसरकेका छन् ।

ती संस्थाले सम्वन्धित कलेजका जिम्मेवार अधिकारी हाल नेपालमा पनि भएको हुँदा उनीहरुसँग नियमित सम्पर्क समन्वयमा रहँदै विद्यार्थीको विषयमा बुभ्mने कार्य भईरहेको , शिक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालय समक्ष समन्वय भैरहेको,नेपाल स्थित सम्वन्धित परामर्शदाता कम्पनीहरुसँग निरन्तर समन्वय र संयोजन गरी समस्या समाधानमा उनिहरुलाई जिम्मेवार बनाउने प्रयास जारी रहेको , नेपाल स्थित अष्टे«ेलियन दुतावाससँग नियमित सम्पर्क र समन्वयमा रहि समस्या समाधानमा पहल गरिरहेको जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा इक्यानका अध्यक्ष पाण्डे, फेकनका अध्यक्ष युवराज कटवाल, आइरिनका अध्यक्ष कुमार कार्की र नायरका कोषध्यक्ष मनोज पराजुलीले अष्ट्रेलियामा अलपत्र विद्यार्थीहरुको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए ।

फेकनका अध्यक्ष कटवालले संचारमाध्यममा आएजस्तो गरी विद्यार्थी बीच धेरै सममस्या नभएको दावी गर्नुभयो । इक्यानका पूर्व अध्यक्ष प्रकाश पाण्डेले मन्त्रालयले छानविन गरिरहेको अवस्थामा अहिलेनै कति विद्यार्थी समस्यामा परेका छन् भन्ने विषयमा जानकारी दिन नसकिने बताउनुभयो । उहाले भन्नुभयो–विभिन्न कन्सल्टेन्सी मार्फत विद्यार्थी पुगेका छन्, कस्ले कति पठाएका छन् भन्ने तत्काल संख्यान निकाल्न नसकिने उल्लेख गर्नुभयो ।