नेपाली सेना सम्बन्धी बृहद प्रदर्शनी शुरु

0
Shares

काठमाडौ (नेस) । ‘महाशिवरात्री तथा सेना दिवसको अवसरमा नेपाली सेनाले जंगी अड्डा परिसरमा आयोजना गरेको नेपाली सेना–इतिहासदेखि वर्तमानसम्म भन्ने थिममा आधारित ‘नेपाली सेना सम्बन्धी वृहत् प्रदर्शनी २०७५’को प्रधानसेनापति पूर्णचन्द्र थापाले एक विशेष समारोहकाबीच उद्घाटन गर्नुभयो ।

चार दिनसम्म सञ्चालन हुने उक्त वृहत् प्रदर्शनीमा सैनिक व्याण्ड, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विषेश फौज, खेलकुद, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण, शान्ति सेना, नेपाली सेनाको एतिहासिक हतियार, उपकरण, पोशाकलगायत विविध फोटोहरु समेत प्रदर्शन गरिएको छ । उक्त प्रदर्शनी सर्वसाधारणहरुकालागि समेत खुल्ला गरिएकोे छ ।

सद्घाटन समारोहमा काठमाण्डौँ महानगरपालिकाका मेयर, नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, राष्ट्रिय अनुसन्धान प्रमुख, नेपाली सेनाका रथीबृन्द, विभिन्न राजदूतावासका सैनिक सहचारीहरु, प्राध्यापकहरु, नेपाली सेनाका अधिकृतहरु, नेपाल आर्ट काउन्सिलका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।