काठमाडौं । ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र नजिकै डाँडा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्रीसहित सातै जनाको शवलाई काठमाडौं ल्याउने तयारी भएको छ ।
बिहीबार बिहान घटनास्थलबाट तीन जनाको शव सुकेटार विमानस्थलमा ल्याएपछि सातै जनाको शव काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार ‘सातै जनाको शव सकुटार विमानस्थलमा भएपनि मौसम बिग्रेकाकारण शव काठमाडाैं पठाउन ढिलाइ भएको छ ।’ अहिले बाक्लो गुहिरो लागेको छ ।
पानी परिरहेको छ । मौसम खुल्ने बित्तिकै शव काठमाडाैं पठाउने प्रमुख जिल्ला अधिकारीले भण्डारीले बताउनुभयो ।











प्रतिक्रिया