किस्पाङमा दुध डेरि संचालन

0
Shares

नेपाल समाचारपत्र, नुवाकोट
नुवाकोटको किस्पाङ गाउँपालिकामा पहिलोपटक दुधडेरि संचालनमा आएको छ । शुभनव बिहानी कृषि सहकारी संस्था र किस्पाङ गाउँपालिकाको १० लाख रुपैयाँको आर्थिक सहयोगमा दुध डेरी संचालनमा ल्याइएको सहकारीका अध्यक्ष तथा रेडक्रस सोसाइटी हुले उपशाखाका सभापति क्षेत्रबहादुर तामाङले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोट मार्फत जिविकोपार्जनको लागि प्राप्त ४० हजार रुपैयाँले गाईभैंसी खरीद गरि डेरीमा दुध ल्याउने गरेको किसानहरुको भनाई छ । डेरीमा दुध विक्री गर्न थालेसँगै आय आर्जनमा सहयोग पुगेको कृषकहरुको भनाइ छ । दुधसँगै दुग्धका परिकार सबै गाउँमै उत्पादन हुन थालेपछि उपभोक्ता हरु समेत खुशी भएका छन ।

स्थानीय स्तरमा उत्पादनभएका दुग्धजन्यपदार्थको स्थानीयमा पुराई केन्द्र सम्म पु¥याउने लक्ष्य राखिएको नेपाल रेडक्रस सोसाइटी उपशाखाका हुले सभापतितामाङले बताउनुभयो । गाउँमै उत्पादन भएका कृषिजन्य बस्तु प्रवद्र्धन गर्न सक ेयहाँको आर्थिक विकासमा ठूलो योगदान पुग्ने सरोकारवालाहरु बताउँछन् ।