आज मेघगर्जनसहित पानी पर्ने

0
Shares

काठमाडौं । बुधबार देशभर मेघगर्जसहित पानी पर्ने स्थिति देखिएकाे छ ।

देशको पश्चिमी भुभागका अधिकांश स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ साथै मध्य र पुर्वका अधिकांश स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च हिमाली भू–भागहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति भने देशभर सामान्य देखी पूर्ण बदलीको सम्भावना रहेको मौषमविद बरुण पौडेलले जानकारी दिनुभयो । देशको अधिकांश स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको उहाँले बताउनुभयो । देशका उच्च हिमाली भू–भागहरूमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ ।