काठमाडौं, (नेस) । नेपाल–चीन सम्बन्धबारे अमेरिकाले गरेको टिप्पणीमाथि चीनले सोझै खण्डन गरेको छ । कोषौ टाढा रहेको मुलुकले नेपाल–चीन सम्बन्धबारे बोल्नु उपयुक्त नहुने सो मुलुकले जनाएको छ ।
चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ परियोजना चिनियाँ हितमा मात्रै हुन नहुने अमेरिकी सहायक रक्षामन्त्री जोसेफ फेल्टरले बताए लगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले फेल्टरको तर्कलाई सोझै खण्डन गर्नु भएको हो । नेपाल भ्रमणमा रहनु भएका अमेरिकी दक्षिण तथा दक्षिणपूर्वी एसिया मामिला सम्बन्धी सहायक रक्षा मन्त्री फेल्टरले नेपालमा हुने चिनियाँ लगानी पारदर्शी हुनुपर्ने बताउनु भएको थियो ।
फेल्टरको तर्कबारे सोझै प्रतिवाद गर्दै मंगलबार ललितपुरमा सुरु भएको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ अन्तराष्ट्रिय सम्मेलनमा चिनियाँ राजदूत होउले भन्नुभयो–‘चीनले आफ्नो स्वार्थ विपरित नेपालले प्रस्तुत गरेका विकास आयोजनामा मात्र काम गर्ने गरेको छ ।’ कोषौँ टाढाको देशले दुई छिमेकीबीच अविश्वास पैदा हुने नकारात्मक टिका टिप्पणी गर्नु अनुपयुक्त हुने उहाँको भनाई थियो ।
फेल्टरको पछिल्लो अभिव्यक्ति प्रति संकेत गदै राजदूत होउले आफ्नो मुलुकले कुनै पनि देशलाई समस्यामा पार्ने नियत नराखेको बताउनुभयो ।
नेपाल–चीन भनेका हिमाल र नदीनाला जोडिएका उल्लेख गर्दै उहाँले आफ्नो देशको सहयोगमा नेपालमा निर्माण भएका र निर्माणाधिन परियोजनाको चर्चा गर्नु भएको थियो ।











प्रतिक्रिया