भारत र पाकिस्तानबीच युद्धको तनाव बढ्यो, नेपालमा पनि सुरक्षा सतर्कता बढाइयो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

छिमेकी मुलुकहरु भारत र पाकिस्तानबीच युद्धको तनाव बढेपछि नेपालमा सुरक्षा सतर्कता बढाइएको छ । भारतले मंगलबार बिहान ३ बजे पाकिस्तान नियन्त्रित कश्मीरमा एक हजार किलोको बम खसाएसँगै नेपालमा सुरक्षा सतर्कता बढाइएको हो ।

भारतीय मिराज–२००० लडाकू विमानले पाकिस्तान नियन्त्रित कश्मीरस्थित बालाकोट क्षेत्रमा एक हजार केजीको बम खसालेको थियो । भारत–पाकिस्तानबीच कश्मीरमा युद्धको तनाव बढेसँगै छिमेकी देश नेपालमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको हो । नेपाल–भारत खुल्ला सिमाना रहेका कारण हुन सक्ने सम्भावित घुसपैठ र सुरक्षा खतरालाई मध्यनजर गर्दै निगरानी बढाइएको जानकारी नेपाल प्रहरीले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयले भारतसँग जोडिएको सीमाक्षेत्र र अन्तर्राष्ट्रि उडान हुने एक मात्रै त्रिभुवन विमानस्थल सुरक्षा सतर्कता उच्च बनाइएको हो ।यस्तोमा प्रहरीले सिमाना र विमानस्थलमा उच्च सतर्कता अपनाएको छ ।

भारत–पाकिस्तान तनाव चुलिँदै गएका बेला आइतबार बंगलादेशको राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको विमान बंगलादेशको एउटा विमान अपहरण गर्ने प्रयास भएपछि नेपालमा पनि सतर्कता बढाइएको हो । अपहरणप्रयास भएपछि १४२ यात्रु सवार विमानलाई चित्तगंगमा आपतकालीन अवतरण गराइएको थियो। विमान अवतरण गरिएपछि ककटपिटभित्र प्रवेश गर्न खोज्ने एकजना २५ वर्षीय युवकलाई गिरफ्तार गरिएको बंगलादेशी प्रहरीले जनाएको छ।

यसअघि कश्मीरको पुलवामामा आक्रमणमा संलग्न भनिएको जैस ए मोहम्मदका संस्थापक मसहुद अजहरलाई छुटाउन सन् सन् १९९९ डिसेम्बर २४ मा नेपालको त्रिभुवन विमानस्थलबाट एयर इन्डियाको जहाज अपहरण गरी अफगानिस्तान लगिएको थियो । उडान नम्बर ८१४ इन्डियन एयरलायन्स एयरबस ए३०० विमानलाई आतंकवादीले नेपाली आकाशबाट अपहरण गरी अफगानिस्तान लगेका थिए । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उतार्नु पर्ने विमान अफगानिस्तानको कान्दाहार लगिएको थियो ।