एकै रात २९ बालबालिकाको उद्दार

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
बालबालिका खोजतलास केन्द्रले विभिन्न संघसस्थासँग सहकार्य गरी गरिएको रात्रिकालिन सडक बालबालिका उद्दार कार्यक्रममा २९ जना बालबालिकालाई उद्दार गरिएको बताएका छन् ।

उद्दार भएका यी संख्या एकै रातको रहेको केन्द्रका प्रहरी निरिक्षक मोहन विक्रम दाहालले बताउनुभयो । सोमबार राती अबेरसम्म ठमेल, पशुपति, बसन्तपुर, बसपार्क, सोह्रखुट्टे लगायतका स्थानबाट बालबालिका उद्दार गरिएको उहाँले बताउनुभयो ।

केन्द्रले २५ जना बालिक र ४ जना बालिका गरी २९ जना बालबालिकालाई उद्दार गरिएको उहाँले बताउनुभयो ।

‘हामीले बेलुका ८ बजेदेखि विहान २ बजेसम्म शहरको विभिन्न स्थानमा पुगि बालबालिकाको उद्दार गरेका हौँ ।’, केन्द्रका प्रहरी निरक्षक दाहालले बताउनुभयो–‘ती सबै दुव्र्यसनी जस्तो देखिने गरी लठ्ठिएर बसिरहेको अबस्थाका देखिन्थे ।’

सडकमा बस्ने यीनीहरु जोखिममा पर्ने र थप जोखिममा नपरोस् भनेर उद्दार गरिएको उहाँको भनाई छ । उद्दार भएकाहरु १० देखि १८ वर्ष उमेर समूहको रहेको उहाँले बताउनुभयो ।

यस अघि पनि माघ १६ गते राती अबेरसम्म गरिएको उद्दारमा ३३ बालबालिकालाई विभिन्न स्थानबाट उद्दार गरिएको थियो ।