बाँदरले किसन हैरान भएपछि बाँदर समाउ अभियानः ६ दिनमै ६५ वटा समातिए

0
Shares

रामधन राई, खोटाङ ।

फागुन–१४, खोटाङका किसानलाई हैरानी दिएपछि सुरु गरिएको ‘बाँदर समाउ अभियान’ अन्तर्गत ६ दिनमा ६५ वाँदर समातिएको छ । अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्जमा पु¥याएर छाड्ने गरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ आसपासवाट समातिएको हो ।

नगरपालिकामा गठित बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा भारतीय शिकारीलाई दिक्तेलमा बोलाइएको हो । निकुञ्जमा पु¥याउने गरी खुसीनगर उत्तरप्रदेशका ९ जनाको शिकारी टोलीले वाँदर समात्ने काम गरिरहेको समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताउनुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका १५ वडाकै किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्ज पु¥याउनका लागि नगरपालिकाकै १० लाखको खर्चमा शिकारीलाई जिल्ला ल्याईएको हो ।

आगामी जेठ मसान्तभित्रमा प्रति वटा दुई हजारका दरले २ सय ५० वटा बाँदर समात्ने गरी नगरपालिका र बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिबीचमा सम्झौता भएको अध्यक्ष घिमिरेको भनाई छ ।

सुरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट सुरु गरिएको ‘बाँदर समाउ’ अभियान जिल्लाका १० वटै स्थानीय तहमा पु¥याइने वताईएको छ । माघ २८ गते भएको भेलामा बाँदर नियन्त्रणका लागि नगरका सबै वडाले प्रति वडा डेढ लाखका दरले बजेट व्यवस्था गर्ने निर्णय भएको छ ।

यसबाहेक लफ्याङमा चन्दा समेत संकलन भइरहेको छ । बाँदरले बीउ नै मासिदिएपछि हैरानी खेपिरहेका किसान बाँदर समातेर निकुञ्ज पु¥याइने भएपछि उत्साहित हर्षित वनेका छन् ।