धनकुटा राजधानी बनाउन सांसद राइको माग

0
Shares

गंगा बराल, काठमाडौं ।
धनकुटा–१ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद राजेन्द्रकुमार राइले १ नम्बर प्रदेशको राजधानी धनकुटा बनाउन माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै नेकपाका सांसद राइले धनकुटा हरेक ढंगले योग्य भएकाले धनकुटा नै राजधानी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भूगोल, भौतिक सञ्रचना र पूर्वाधार, वातावरणका साथै हरेक दृष्टिकोणले धनकुटा उपयुक्त भएको बताउनुभयो । पूर्वाञ्चल विकासक्षेत्र रहँदा धनकुटा नै क्षेत्रीय सदरमुकामका रुपमा रहेको थियो । धनकुटामा प्रतिनिधिसभामा एउटामात्र क्षेत्र रहेको छ ।

अहिले बिराटनगरलाई प्रदेश मुकाम बनाएर संसदको प्रदेशसभाको बैठक बस्दै आएको छ । धनकुटालाई नै राजधानी बनाइनुपर्छ भन्दै निरन्तर धनकुटामा आन्दोलन हुँदै आएको छ । संविधान अनुसार २ तिहाइले नाम र स्थायी राजधानीको विषयमा टुंगो लाउने छ ।

१ नम्बर प्रदेशमा ५६ निर्वाचित र ३७ समानुपातिक गरी ९३ सांसद छन् । यसमा नेकपाकै बहुमत छ ।