काम भएपछि खुशी भए सांसद गहतराज

0
Shares

गंगा बराल, काठमाडौं ।
बाँके –१ का सांसद महेश्वरजंग गहतराज आफ्नो जिल्लामा धेरै योजना भएपछि खुशी हुनुभएको छ

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै निर्बाचित नेकपा सांसद गहतराजले पश्चिम नेपालकै केन्द्रबिन्दुमा रहेको भेरी अञ्चल अस्पताल राम्रो बन्दै गएको र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघीय सरकार मातहतमा राखेकामा पनि सरकारलाई धन्यबाद दिनुभएको छ ।

नेकपा माओबादी केन्द्रका नेता उहाँले नेपालगञ्ज बिमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन पनि जोड दिनुभयो ।

गहतराजले नेपालगञ्ज विश्वविद्यालय बनाइने भन्ने प्रस्ताव पनि अघि बढाउन सरकारसँग माग गर्नुभएको छ ।