नाट्य क्षेत्रको प्रवद्र्धनका लागि सरकार सकारात्मक: प्रधानमन्त्री ओली

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नाट्य क्षेत्रको प्रवद्र्धनका लागि सकारात्मक भएको बताउनुभएको छ ।

अन्तर्राष्टिय नाटक महोत्सवको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले आज सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपालमा नाटकको सम्भावना धेरै देखिएको उल्लेख गर्दै यसका लागि सरकारले पूर्ण रुपमा सहयोग गर्ने बताउनुभएको छ । “नेपालमा नाटकको भविष्य राम्रो देखेको छु । चाहे नाटक लेखनी क्षेत्रमा होस वा अभिनय गर्नेको क्षेत्रमा अथवा दर्शकको क्षेत्रमा किन नहोस यो विधा धेरैको रुचीको बिषय भएको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “नाट्य क्षेत्रको विकासका लागि सरकारले बजेटको पनि विनियोजन गरेको छ ।”

प्रधानमन्त्री ओलीले नाट्य विधा समाज परिवर्तनको एउटा महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्नुभएको छ । नाट्यले समाजको वर्तमान र भविष्य पनि देखाउने प्रधानमन्त्री ओलीले बताउनुभयो । “नाट्य विधा समाजको ऐना पनि हो टर्च लाइट पनि हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “ऐनाले वर्तमान देखाउछ । टर्च लाइटले भविष्य ।”

अनामनगर स्थित मण्डला नाटक थिएटरमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सँस्कृतिविद्ध सत्यमोहन जोशी सहित १२ जना स्रष्टालाई सम्मान गर्नुभएको छ । जोशीले लेखेको सुनकेसरी पुस्तकको पनि प्रधानमन्त्री ओलीले बिमोचन गर्नुभएको छ ।