काठमाडौं । भारतको प्रशाशित क्षेत्र जम्मु कश्मिरमा भएको आक्रमणपछि भारत र पाकिस्तानको सम्बन्धमा दरार उत्पन्न भएको छ । भारतीयहरुले यो घटनाको कडा जवाफ दिने बताउँदै आएको थियो ।
यसैबीच मंगलबार विहान भारतीय वायुसेनाको नियन्त्रण रेखा (एलओसी) पार गरेर आतंककारीको क्याम्प ध्वस्त पारेको छ । भारतीय समाचार एजेन्सी एएनआइका अनुसार भारतीय वायुसेनाले आतंककारीको क्याम्पमा १ हजार किलो बम खसालेको छ । आक्रमण २२ मिनेटसम्म लगातार गरिएकाे थियाे ।
जसकारण आतंककारीको क्याप पूर्णरुपमा ध्वस्त भएको छ । १२ वटा मिराज विमानले यो काम सम्मन्न गरेको भारतीय वायुसेनाले जनाएको समाचारमा उल्लेख छ । १ हजार किलाे बम १२ वटा मिराज विमानमा लाेड गरिएकाे थियाे ।
यसअघि पाकिस्तानी सेनाका डिजी आईएसपीआर आसिफ गफूरले भारतीय सेनाले एलओसी पार गरेर पाकिस्तानमा घुसेको बताएका थिए । त्यो समयमा भारत आक्रमण नगरी फर्किएको थियो तर यो पटक भने भारतले पाकिस्तानको आतंककारी क्याम्पमा आक्रमण गर्न सफल भएको छ ।
प्रतिक्रिया