कावुल,(एजेन्सी)
बंगलादेशको राजधानी ढाकाबाट दुवइ तर्फ उडेको यात्रुवाहक बोइंग ७३७ –८०० विमानमा चालकदलका एकजना सदस्यलाई बन्धक बनाएर जवर्जस्ती ककपिटमा छिर्ने चेतावनी दिएका एकजना यात्रुले वास्तवमा खेलौना बन्दुक बोकेको सोमवार प्रहरीले जनाएको छ ।
विर्मान एयरलायन्सको कल साइन बिजि १४७ बोकेको सो विमान चटगाउँमा आपतकालिन अवतरण गरेपछि ति २५ वर्षिय पुरुषलाई प्रहरीले गोली हानी मारेको थियो । त्यसमा सवार सम्पुर्ण १ सय ४८ यात्रु र चालकदलका सदस्य सकुशल रहेका छन् ।
आफुले वंगलादेशका प्रधानमन्त्रीसंग कुरा गर्न चाहेको बताएका ति व्यक्तिको मानसिक अवस्था सन्तुलनमा नरहेको पछि सरकारी अधिकारीहरुले खुलासा गरेका थिए । दस मिनेट लामो सुरक्षा कारवाहीको दौरान बंगलादेशी विशेष फौजले विमान भित्र प्रवेश गरी मोहमद पालास अहमद नामक ति आशंकित अपहरणकारीलाई गोली हानेको थियो ।
दुवई तर्फ उडिरहेको सो विमानमा उनले विस्फोटक पदार्थ बोकेको हुनपर्ने अनुमानले यात्रेहरु निकै सन्त्रसित बनेका थिए । तर सोवार चटगाउँ प्रहरी आयुक्त कुसुम दिवानले एक विज्ञप्ति जारी गर्दै उनले खेलौना पेस्तोल बोकेको खुलासा गरेका छन् ।
विमानस्थलका मयानेजर तथा विंग कमानडर सारवार ए जमानले अहमदले आफ्नो वैवाहिक समस्या आइपरेकाले तटिय शहर चटगाउँको भ्रमणमा रहेका प्रधानमन्त्री शेख हसिनासंग कुरा गर्न चाहेको एएफपि समाचार निकायलाई बताएका छन् ।
सुरक्षा विशेषज्ञहरुले अहिले अहमदले कसरी सो खेलौना पेस्तोल विमानस्थलको सुरक्षा घेरा तोडेर विमानसम्म लग्न सके भन्नेबारे अनुसनधान गरिरहेका छन् । यस घटना लगत्तै ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल लगायत बंगलादेशका अन्य विमानस्थलहरुको सुरक्षा व्यवस्थाकडा पारिएको थियो ।
सुरक्षा कारवाहीमा संलग्न मेजर जनरल मोतिउर रहमानले ति बंगलादेशशी नागरिक अहमदलाई आत्मसमर्पणका लागि आदेश दिएको तर उनले अस्विकार गरेपछि आफुहरु गोली चलाउन बाध्य भएको पत्रकारहरुलाई बताएका छन् । चटगाउँको शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलामा आपतकालिन अवतरण गरिना साथ विशेष सुरक्ष टोलिले विमानलाई नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया