के होला नेपालको पानी जनताको लगानी ? आकर्षण छैन जलविद्युत् कम्पनीको शेयर खरिदमा



राजु श्रेष्ठ, काठमाडौं
डेढ साताअघि सरकारले निक्कै तामझामका साथ आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक नेपालीलाई जलविद्युत्को शेयरधनी बनाउने दाबी गर्नुभयो ।

‘समृद्ध नेपाल सुखी नेपाली’ को अभियानलाई साकार बनाउन र हरेक नेपालीको जीवनस्तर उकास्नका निम्ति जलविद्युत् कम्पनीको शेयरधनी बन्नुपर्ने भन्दै जनताको लगानीमा निर्माण गर्ने भनिएका १९ वटा जलविद्युत् आयोजनाको पहिलो शेयर आफँले खरिद गर्ने प्रधानमन्त्री ओलीले घोषणा पनि गर्नुभयो ।

नेपालमा जलविद्युत्को अपार सम्भाव्यता रहेको विषयप्रति कुनै दुविधा नै छैन । तर, पछिल्लो स्थितिलाई विश्लेषण गर्ने हो भने जलविद्युत्को लगानीबाट सन्तुष्ट भएका लगानीकर्ता भेट्टाउन गाह्रो छ । ‘केही केही अपवादबाहेकका जलविद्युत् कम्पनीका शेयर लगानीकर्ता डुबिरहेको पृष्ठभँमिमा
प्रधानमन्त्रीले जलविद्युत्मा लगानी गरेपछि रातारात धनी भइन्छ भन्ने आग्रहले सर्वसाधारणलाई सहर्ष स्वीकार गर्लान् भन्नेमा आंशका छन् ।’ एक शेयर लगानीकर्ताले नेपाल समाचारपत्रसँग भने– ‘सम्भाव्यता अध्ययन गरेर निर्माण गरिएका तथा विद्युत् उत्पादनसमेत गरिसकेका कम्पनीका लगानीकर्ता डुबिरहेको सन्दर्भमा सम्भाव्यता नै अध्ययन नगरेका आयोजनामा लगानी गरेर नाफा कमाइन्छ भन्नु भ्रमको खेती हो ।’

पुँजी बजारमा लगानीकर्ताले खर्बौ रुपियाँ गुमाइरहेको तथा हाइड्रोपावर कम्पनीहरुको आईपीओसमेत बिक्री नभइरहेको सन्दर्भमा लगानीकर्ताहरु सरकारले आह्वान गर्दैमा लगानी गर्ने र आयोजना निर्माण गर्न पुँजी पुग्नेमा शेयर लगानीकर्ताहरु नै आशंका व्यक्त गर्दछन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार भएको कारोबार अनुसार सय रुपियाँभन्दा कम शेयर मँल्य भएका कम्पनीको संख्या १० वटा रहेको छ । जसमध्ये अरुण भ्याली हाइड्रोपावारको ९७ रुपियाँ, बरुण हाइड्रोपावारको ९२ रुपियाँ, कालिका पावरको ९१ रुपियाँ, दिव्यश्वरी हाइड्रोपावारको ८९ रुपियाँ, रैराङ हाइड्रोपावारको ८८ रुपियाँ, सिनर्जी पावरको पनि ८८ रुपियाँ, राधी हाइड्रोपावारको ८४ रुपियाँ, आँखु खोला हाइड्रोपावारको ८२ रुपियाँ, खानीखोला हाइड्रोपावारको ७३ रुपियाँ र नेशनल हाइड्रोपावारको ६० रुपियाँ शेयर मँल्य रहेको छ ।

नेपाल स्टकएक्चेन्ज (नेप्से)मा सँचीकृत अधिकांश जलविद्युत् कम्पनीको शेयरको मँल्य अहिले सय रुपियाँभन्दा तल छ । कतिपयको त आईपीओभन्दा आधा मात्रै मँल्य रहेको छ । शेयर बजारका लगानीकर्ता शेयर बिक्री गरेर लगानी सुरक्षित गर्न सक्ने अवस्थामा पनि छैनन्, बिक्री नगरी बस्न सक्ने स्थिति पनि छैन । ‘वास्तब यतिबेला शेयर बजारका लगानीकर्ता थाल खाम् कि भात खाम्को स्थितिमा छन् ।’शेयर लगानीकर्ताको भनाइ छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार भएको कारोबार अनुसार बजार मँल्यको आधारमा सबैभन्दा अगाडि चिलिमे हाइड्रोपावर कम्पनी रहेको छ । यस कम्पनीको शेयर मँल्य ५ सय २ रुपियाँ रहेको छ । सय रुपियाँभन्दा कम शेयर मँल्य भएका कम्पनीको संख्या १० वटा रहेको छ । जसमध्ये अरुण भ्याली हाइड्रोपावारको ९७ रुपियाँ, बरुण हाइड्रोपावारको ९२ रुपियाँ, कालिका पावरको ९१ रुपियाँ, दिव्यश्वरी हाइड्रोपावारको ८९ रुपियाँ, रैराङ हाइड्रोपावारको ८८ रुपियाँ, सिनर्जी पावरको पनि ८८ रुपियाँ, राधी हाइड्रोपावारको ८४ रुपियाँ, आँखु खोला हाइड्रोपावारको ८२ रुपियाँ, खानीखोला हाइड्रोपावारको ७३ रुपियाँ र नेशनल हाइड्रोपावारको ६० रुपियाँ शेयर मँल्य रहेको छ ।

त्यसो त जलविद्युत्मा सर्वसाधारण लगानीकर्तामात्रै डुब्दै आएको स्थिति छ । संस्थापक लगानीकर्ताहरू भने आयोजना सम्पन्न हुनु अगाडि नै आफ्नो लगानी उठाउन सफल भएका छन् । जलविद्युत् क्षेत्रका विज्ञ भन्छन्–‘जलविद्युत् कम्पनीहरु पब्लिक कम्पनीमा रुपान्तरण भई सर्वसाधारणलाई शेयर जारी गरे पनि नियमन गर्ने निकाय नहुँदा बेथिति मौलाएको छ ।’ ‘जनताको लगानीमा आयोजनामा निर्माण गरिने आयोजनाको सार्वजनिक खरिद ऐनलाई पालना गरेको पाइँदैन ।’ भुक्तभोगीका अनुसार बोर्डमा नबस्ने र निर्माणका चरणमा एउटा÷दुईटा ठेक्काको काम आफँ र आफँ मातहत लिने लगानीकर्ता ‘हाइड्रोपावरका मुर्गा’ नै हुन् ।

अर्बौ रुपियाँ खर्च हुने जलविद्युत् आयोजनाका निर्माण सामग्री र उपकरण खरिदलगायतका विषयमा पारदर्शीता कतै देखिँदैन ऋण लगानीकर्ता बैंकका सञ्चालक तथा कर्मचारीसँगको मिलेमतोमा जलविद्युत् कम्पनीमा ठँलो अनियमितता हुँदै आएको लगानीकर्ताको गुनासो छ । दुई दर्जनभन्दा बढी जलविद्युत् कम्पनीले सर्वसाधारणबाट अर्बौ रुपियाँ उठाइसकेका छन् । अझै पनि सरकारले नियमक निकाय र आवश्यक नीति नियम नबनाउँदा सर्वसाधारणको लगानी जोखिम रहेका लगानीकर्ताको भनाइ छ ।बैंक, बीमा कम्पनीलाई नियमन गर्ने निकायजस्तै जलविद्युत् कम्पनीलाई पनि नियमन गर्ने निकाय तत्काल गठन गर्नुपर्ने लगानीकर्ताको जोड छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २५ वटा जलविद्युत कम्पनी सँचीकृत छन् । चालँ आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा प्रतिशतको आधारमा ८ वटा कम्पनीले नाफा वृद्धि गरेका छन् भने ९ वटा कम्पनीको नाफा घटेको छ । त्यस्तै ४ कम्पनीले नाफा सुधारेका छन् । चारवटा कम्पनीको विवरण प्राप्त भएको छैन । अघिल्लो वर्षको तुलनामा नाफा घटाउनेमा नेपाल हाइड्रो, रिडी हाइड्रोपावर, राधी विद्युत, खानिखोला हाइड्रोपावर, बरुण हाइड्रोपावर, चिलिमे हाइड्रोपावर, न्यादी पावर र सिनर्जी पावर कम्पनी रहेका छन् ।

वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानीको आधारमा सबैभन्दा अगाडि बुटवल पावर कम्पनी रहेको छ । यस कम्पननीको प्रतिशेयर आम्दानी ३१ दशमलव शँन्य ७ रुपियाँ रहेको छ । दुई कम्पनीको प्रतिशेयर आम्दानी भने नेगेटिभमा रहेको छ । नोक्सानमा रहेकाले प्रतिशेयर आम्दानी पनि नोक्सानमा छन् । नोक्सानीमा रहेकामा दिव्यश्वरी हाइड्रोपावर कम्पनी र खानीखोला हाइड्रोपावर कम्पनी रहेको छन् ।

 

प्रतिक्रिया दिनुहोस्