नेपाल समाचारपत्र, काठमाडौँ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादलले आफूले कार्यभार सम्हालेदेखि सोमबारसम्मको समयायधिलाई सिकाईसंगै गृह प्रशासनको सुधारको वर्ष भएको बताउनुभएको छ ।
उहाँले आफूले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा यस्तो बताउनुभएको हो । यसै अवसरमा मन्त्री थापाले नेपालको संविधान, कानून र सरकारको मार्गचित्रलाई व्यवस्थित तवरले कार्यान्वयनमा ल्याउन गृह प्रशासन सुधार कार्ययोजनाको कार्यान्वयन गरिरहेको बताउनुभयो ।
सुरक्षा निकायहरुको परिचालनलाई थप व्यवसायिक तुल्याइएको उहाँको दावी थियो ।
मन्त्री थापाले अपराध नियन्त्रणमा विगतदेखि थाँति रहेका अनुसन्धान कार्यले सफलता पाएकोसमेत उल्लेख गर्नुभएको छ । उहाँले तस्करी लगायतका संगठित अपराधको जालो तोड्न, यातायात क्षेत्रको सिण्डिकेट, विकास निर्माण र कानून कार्यान्वयनको क्षेत्रमा रहेको विकृति अपराध र भ्रष्टाचार नियन्त्रण गर्न भएका प्रयासहरुले सकारात्मक सन्देशसहितको नतिजा हासिल भएको स्पष्ट पार्नुभएको छ ।
उहाँले लामो समय देखि अवरुद्ध वृत्ति विकास लगायतका मानव श्रोत व्यवस्थापनका कार्यहरु सुचारु भए पनि शान्ति सुरक्षा, अपराध नियन्त्रण र सुशासनका क्षेत्रमा मुलुकले धेरै गर्न बाँकी रहेको बताउनुभएको छ । यस अवसरमा थापाले सम्पूर्ण नागरिकले व्यक्तिगत सामाजिक आर्थिक लगायतका गतिविधि गर्न सक्ने प्रष्टयाउनुभएको छ ।











प्रतिक्रिया