आयात प्रतिस्थापन र निर्यात प्रोत्साहन: सरकार

0
Shares

काठमाडौं, नेस
मुलुकमा लगानी मैत्री वातावरण बनाउने उद्देश्यले सरकारले आयातलाई प्रतिस्थापन र निर्यातलाई प्रोत्साहित गर्न करिव १ दर्जन ऐन÷नियमको कार्यान्वयनमा जोड दिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सह–सचिव दिनेश भट्टराईले उद्योग–धन्दाको विकास गरी रोजगारि बढाउँदै आर्थिक समृद्धिको नारा पुरा गर्न यस्ता ऐन नियम निर्माण तथा कार्यान्वयनमा जोड दिइएको बताउनुभयो ।

मन्त्रालयले स्वीकृतीका लागि औद्योगिक व्यावसाय ऐन मन्त्रिपरिषदमा पठाइसकेको छ । नेपालमा सहज रुपमा विदेशी लगानी भित्याएर लगानी गर्नका लागि विदेशी लगानी ऐन संसदमा छलफलको क्रममा रहेको बताइएको छ । यस्तै औधोगिक व्यवसाय नियमावली पनि मन्त्रिपरिषद्मा पठाइएको मन्त्रालयले जनाएको छ ।

यस विषयमा विभिन्न मन्त्रालबाट राय–सुझाव माग भैरहेको सहसचिव भट्टराईले बताउनुभयो । यस्तै कानून आयोगले साझेदारी ऐन र दास साक्षी ऐन तयार गरिरहेको छ । यस्तै वैदिक सम्पती ऐन मस्यौदाका क्रममा रहेको छ । सो निर्माणसँगै बैंदिक चोरि नियन्त्रण हुने मन्त्रालयको विश्वास छ ।
साथै एकल विन्दु सेवाको कार्यालय सञ्चालनमा ल्याउने प्रकृया अन्तिम चरणमा पुगेको छ । मन्त्रिपरिषदले उक्त निर्देशिका स्वीकृत गरेसँगै संचालनको वाटो खुल्नेछ ।

औधोगिक विकास ऐन २०७३ मा रहेको व्यवस्था कार्यान्वयन गर्न एकल विन्दु सेवा कार्यालय खोलेर सेवा प्रवाह गर्न लागिएको सरकारले बताएका छ । उत्तः कार्यालय स्थापना भएपछि सरकारका मातहतका १२ वटा निकायबाट सेवाग्राहीलाई एकैथलोबाट सेवा प्रवाह गरिनेछ ।
यस्तै खनिज, औधोगिक, उद्योग संचालन र लगानी प्रवद्धन गर्ने ऐनहरू निर्माण र छलफलको क्रममा रहेको सह–सचिव भट्टराईले जनाकारी दिनुभयो ।