५२१ रोजगार संयोजक छानिए (सूची)

0
Shares

काठमाडौं । युवालाई आफ्नै ठाउँमा रोजगार बनाउने उद्देश्यले शुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ७५३ मध्ये ५२१ जना रोजगार संयोजकको नतिजा प्रकाशित भएको छ ।

हरेक स्थानीय तहमा रहने रोजगार संयोजकका लागि सरकारले यसअघि आवेदन आह्वान गरी परीक्षा लिएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शनिबार र आइतबार कम्प्युटर प्रणालीबाट लिएको परीक्षाको नतिजा सोमबार प्रकाशन गरेको हो ।

सातै प्रदेशका हरेक स्थानीय तहमा रहने गरी ७५३ जना रोजगार संयोजक माग गरिए पनि ५२१ जना मात्रै छानिएका मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिएका छन् । सर्टलिस्ट गरिएकामध्ये कम्प्युटर प्रणालीबाट २५ अंकभन्दा कम ल्याउनेहरू असफल भएका छन् । अधिकांश युवाहरु कम्प्युटरको सीप परीक्षामा अनुत्तीर्ण भएका छन् ।

बाँकी उम्मेद्वारका लागि सरकारले नयाँ निर्णय गर्ने तयारी गरेको छ । मापदण्डमा नपरेपछि २३२ स्थानीय तहका लागि रोजगार संयोजक पुनः छान्नुपर्ने भएको हो । प्रवक्ता डा. रेग्मीले सफल उम्मेद्वारलाई स्थानीय तहमा खटाइने र बाँकी स्थानीय तहका लागि नयाँ निर्णय गरिने बताएका छन् ।

१० हजार भन्दा कम जनसंख्या हुने स्थानीय तहका लागि नायब सुब्बा र त्यसमाथिका स्थानीय तहका लागि अधिकृत सरहका रोजगार संयोजक सरकारले मागेको थियो ।

यस्तो छ नतिजा

प्रदेश–१ मा छानिएका रोजगार संयोजकः अधिकृत र नासु

नासु

प्रदेश–२ मा छानिएका रोजगार संयोजकः अधिकृत

प्रदेश–३ मा छानिएका रोजगार संयोजकः अधिकृत र नासु


नासु

प्रदेश–४ मा छानिएका रोजगार संयोजकः अधिकृत र नासु

नासु

प्रदेश–५ मा छानिएका रोजगार संयोजकः अधिकृत

प्रदेश–६ मा छानिएका रोजगार संयोजकः अधिकृत र नासु


नासु

प्रदेश–७ मा छानिएका रोजगार संयोजकः अधिकृत र नासु


नासु