म्याग्दीमा ८१ वर्षीया वृद्धा बलात्कृत

0
Shares

म्याग्दी, म्याग्दीको रघुगंगा गाउँपालिका–३, राखुपिप्लेकी ८१ वर्षीया वृद्धा बलात्कृत भएकी छिन् । शुक्रबार राती १० बजेको समयमा आफ्नै घरमा स्थानीय ३५ वर्षीय गोरे परियारले राम्रोसँग बोल्न र हिँड्न नसक्ने वृद्धालाई बलात्कार गरेको जिल्ला प्रहरीे कार्यालय म्याग्दीले जनाएको छ ।

राती घरभित्र वृद्धा मात्रै सुतेको अवस्थामा परियारले एक्लै भएको मौका छोपी बलात्कार गरेको थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । बलात्कारमा संलग्न आरोपित गोरे परियारलाई भाग्न लागेको अवस्थामा छिमेकीले समातेर प्रहरीको जिम्मा लगाएका हुन् ।

प्रहरीका अनुसार वृद्धा मात्र सुतेको घरभित्र वृद्धाले अस्वभाविक आवाज निकालेपछि छेवैको घरमा बस्ने नातिनीले हेर्दा बलात्कार गर्न लागेको देखेपछि उनले छिमेकीलाई खबर गरेकी थिइन् । अशक्त उमेरकी वृद्धालाई आफन्तले बोकेर स्वास्थ्य परीक्षणका लागि बेनी अस्पताल म्याग्दी र उजुरी गर्न जिल्ला प्रहरी कार्यालय पु¥याएका थिए।

आरोपित परियारलाई शुक्रबार राती नै घरबाट पक्राउ गरी अनुसन्धान सुरु गरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताउनुभयो । उहाँले म्याद थपेर आरोपित परियारमाथि अनुसन्धानको कार्य थप अगाडि बढाइएको छ भने पीडितको अवस्था सामान्य रहेको बताउनुभयो । यसअघि पनि आरोपित परियार गौबध गरेको आरोपमा ५ वर्ष जेल सजायँ भुक्तान गरेर रिहा भएको प्रहरीले जनाएको छ ।